सपना रोकाको ‘नन्दनी’ युटुब देखी टिकटिकसम्म हिट (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा सपना रोकाको नयाँ दोहोरी गित ‘नन्दनी’ भखर्रै सार्वजनिक भएको छ ।

प्रसिद्ध दोहोरी गायक खेम सेन्चुरी र गायिका सपना रोकाको आवाजमा सजिएको उक्त गितमा गायक एवम् सर्जक विक्रमबाबु विश्नकर्माको उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक नन्दु परियारको संगित रचना रहेको छ । प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

सुनिल क्षेत्रीको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको गितको म्युजिक भिडियोमा सुनिल क्षेत्री र कविता न्यौपानेको डान्सिङ्ग फिचर एवम् अभिनय रहको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई करन चौसिरले छांयाकन एवम् विकास ज्ञवालीले सम्पादन गरेका हुन् । अत्यन्तै रोचक र लोभलाग्दो वनेको उक्त गितको म्युजिक भिडियो Sapana Roka को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनि :