अभिनय र सुन्दरताकी खानी रियाशा जतापनी फिट…..हेर्नुहाेस् १० तस्बिरहरू

पछिल्लो समय नेपालमा यूट्यूब प्रतिभा उत्पादनको निम्ती निकै फलदायी बनेको छ । यो प्लेटर्फमबाट जन्मेका केही प्रतिभाले सेलिब्रेटीको छविसमेत बनाईसकेका छन् ।

यस्तैमा एउटा नाम हो रियाशा दाहाल । रियाशाले यूट्यूबमा अभिनय गरेका साना भिडियोहरुबाट ठूलो फ्यान फलोइङ कमाएकी छिन् ।अहिले म्युजिक भिडियोमा निकै चर्चा र लोकप्रियता कमाईरहेकी रियाशाले कुनै चलचित्रमा भने अभिनय गरेकी छैनिन् तर उनको चर्चा कुनै नायिकाको भन्दा कम भने छैन ।

सुन्दरता र बोलिका कारण फ्यानको मन जितेकी रियाशाले कैयन् सर्ट भिडियो र म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । आफू कलाकार बन्छु भनेर कहिल्यै नसोचेकी रियाशा अभिनयमा पनि उत्तिकै रुचि राख्छिन । अभिनयमा निखारता भएकी रियाशालाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यान पनि उत्तिकै छन् ।

जब एसएलसी सक्काइन्, उनलाई मोडलिङमा रहर पलायो । तर, उनको रहरमा परिवारको समर्थन मिलेन । परिवारले कुनै पनि हालतमा उनलाई यस क्षेत्रमा जान दिने पक्षमा थिएनन् । परिवारले उनको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता छुट्याएको थियो, पढाई, पढाई र पढाई । त्यसैले रियासाले आफ्नो रहर मनभित्रै गुम्साएर राखिन् र १२ कक्षा सकेर उनले बीबीए सुरु गरिन् ।

बीबीए पढ्न निकै मेहनत चाहिने भएकाले उनलाई अन्य कुरा सोच्ने फुर्सद पनि थिएन । तर, बीबीएको अन्तिम सेमिस्टरमा पुगेपछि उनको बाटो फनक्कै मोडियो । रियाशाको दाईसँग चिनजान भएका एकजना व्यक्तिले उनलाई एक युट्युब कार्यक्रम होस्ट गर्न अफर गरे । ट्राई गरी हेरौं न त भनेर रियाशा गइन् । उनलाई सामान्य काम सिकाइयो । तर, चन्चले स्वभावकी रियाशाले भलाद्मी पारामा सो कार्यक्रम होस्ट गर्न सकिनन् ।

रियाशा भन्छिन्, ‘आफ्नो वास्तविक चरित्रलाई नै लुकाएर उक्त कार्यक्रम होस्ट गर्नुपर्ने थियो । जुन मबाट भएन ।’ कार्यक्रम होस्ट गर्न नसके पनि सोही टिमसँग मिलेर रियाशाले छोटो भिडियोहरुमा काम गर्न थालिन् । त्यसमा चाहिँ आफ्नो स्वभावजस्तै भूमिका पाइन् ।

रियशा कुनै नायिका भन्दा कम भने छैनन । गाउँले र शहरीया भेषमा पनि फिट देखिने रियाशाले बेला बेलामा आफ्ना सुन्दर तस्बिर सामाजिक सञ्जालमा शेयर गर्ने गरेकी छिन् । ‘केटा जिस्काउने केटी’, सोझी केटी जिस्काउँदाको परिमाण’लगायत छोटो भिडियोमा रियाशालाई मन पराइयो ।

सामाजिक संजालमा पनि अभिनयका अलवा सुन्दरताको पनि निकै तारिफ हुनेगर्छ ।

हेर्नुहाेस् केहि तस्विरहरू