काठमाडौंबाट मैदानमा उत्रिदै रवि लामिछाने, ससुराकै पार्टीमा प्रवेश गर्नेबारे आयो यस्तो प्रतिक्रिया !

स्थानीय तह निर्वाचन परिणामले मतदाता विकल्पको खोजिमा रहेको देखाएपछि पछिल्लो समय राजनीतिमा आउन चाहने र उम्मेदवारी घोषणा गर्ने होडवाजी चलेको छ।

टेलिभिजन प्रस्तोता रवि लामिछानेले पनि ग्यालेक्सी फोर के टेलिभिजन छोडेर राजनीतिमा आउका छन् । उनले आफनो कार्यक्रम ‘सिधा कुरा’ पनि छोडेको जनाईएको छ।

लामिछानेले आफूले राजनीतिमा लाग्ने निधो गरेको तर, दलबाट की स्वतन्त्र उम्मेदवारी दिने विषय र निर्वाचन क्षेत्रका बारेमा भने खुलाएका छैनन् । आउँदो असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर थप कुरा प्रस्ट पार्ने उनले वताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्–‘संचार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन, बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरे। अब म आफ्नो आवाजलाई टिभीबाट संसदमा पुर्याउन चाहन्छु। म रहरले संचारकर्मी भएको हु, तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो। आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु। बाँकि असार ७ गते, १ बजे राष्ट्रिय सभागृह।’

आफुलाई चुनाव लड्न धेरै राजनीतिक दलबाट प्रस्ताव आएको बताएका उनले आफु भने सल्लाहकै करणमा रहेको जानकारी दिएका छन् । स्वतन्त्र रूपमा राजनीतिमा लाग्ने त्यति ठुलो सोचमा नरहेको लामिछानेले बताएका छन्।

लामिछानेका ससुरा उद्दव पौडेल केहीदिन अघि मात्र कमल थापाको पार्टीबाट राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका कारण उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्ने अड्कलबाजी समेत भइरहेको छ।

तर, पारिवारीक सम्वन्धको राजनीतिलाई उनले अस्विकार गरेका छन् । उनले काठमाडौंको क्षेत्र नं ३ बाट चुनाव लड्ने तयारी गरिरहेको उनी निकट श्रोतले जनाएको छ। उनी त्यहीको मतदाता भएका कारण पनि क्षेत्र नं ३, त्यो नभए काठमाडौंको क्षेत्र नं २ बाट चुनाव लड्ने तयारी भएको स्रोतको दावी छ।

काठमाडौंको क्षेत्र नं ३ मा ठुला नेता नभएकाले चुनाव जित्न सहज हुने लामिछानेले आकलन छ।