निहारिका र उनको छोरालाई ‘एडप्ट’ गर्न चाहन्छु : करिश्मा मानन्धर

काठमाडौं :

अभिनेत्री करिष्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई बच्चा लिएर आफ्नो घर आउन आग्रह गरेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बलात्कारपछि जन्मिएका निहारिकाका २१ महिने छोरालाई आफूसँगै राख्न चाहेको उल्लेख गरेकी हुन् । करिश्माले निहारिकाको अवस्था देखेर आफू विक्षिप्त भएको र उनी अनसनरत स्थानमा जान समेत आँट नआएको बताएकी छन् ।

उनले बिहिबार सामाजिक सञ्जालमा निहारिकालाई छोरीको रुपमा आफूले पाल्न चाहेको पनि बताएकी छिन् । उनले भनेकी छिन्, ‘मेरो एउटा छोरी थियो । तिमी भयौ भने दुईटा हुन्छौ । बच्चा लिएर घर आउ । म छु ।’

उनले अन्त्यमा सावित्री सुवेदीलाई पनि धन्यवाद दिएकी छिन् । २१ महिनाको आफ्नो दुधे बालकलाई लिएर निहारिका पछिल्लो ७ दिनदेखि अनसनरत छिन् ।