गगन थापालाई चारपाटा मुडेर थानकोट कटाउँनु पर्ने आवाज उठ्यो !

नेपाली काग्रेसका महामन्त्री एवं प्रतिनिधीसभाका सदस्य गगन थापा माथी नागरिक स्तरबाट फेरी गम्भिर प्रश्नहरु उठ्न थालेका छन् ।

नेपालमा विवादित अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउँनका लागी दिलो ज्यानले लागेका थापा माथी फेरी विभिन्न प्रश्नहरु उठ्न थालेका छन् । एमसीसी पास गराउँने बेलामा प्रधानमन्त्री देउवाको दाहिने हात भएर सक्रिय भएका गगनको त्यस बेलाको भूमिका उनकै लागी महंगो पर्ने विश्लेषण पनि हुन थालेको छ।

एमसीसी पास गराउँने बेला संसदको रोस्टमबाट उभिएर काग्रेस महामन्त्री समेत रहेका प्रतिनिधीसभाका सदस्य थापाले कहाँबाट आउँछ अमेरिकी सेना जहाजबाट आउँछ ?भन्दै चर्को स्वरमा प्रश्न गरेका थिए । त्यहि बोली अहिले उनका लागी महंगो परेको छ ।

गगनले त्यसबेला पाँच बर्ष भित्रमा अमेरिकी सेना नेपाल आएमा आफुलाई चारपाटा मुडेर थानकोटको डाँडो कटाइयोस् भन्दै माग गरेका थिए । एमसीसीको पक्षमा माहोल बनाउँने बेला उनले एमसीसीको विरोध गरिरहेका भिम रावलहरुलाई नक्कली राष्ट्रवादी भएको समेत आरोप लगाउँदै आफु सच्चा देशभक्त भएको जिकिर गरेका थिए ।

अमेरिकी सेना नेपाल आएमा चारपाटा मुडेर थानकोट कटाउँनु भनेर संसदको रोस्टमबाटै कराउँने गगनलाई अब त्यसै गर्नु पर्ने बेला भएको हो ? भन्दै एमसीसी विरोधी अभियान्ता एवं चर्चित पत्रकार समेत रहेका अधिवक्ता निमाकान्त पाण्डेले प्रश्न गरेका छन् ।

एक अनलाइन टेलिभिजनलाई दिएको अन्तार्वातामा पाण्डेले गगन थापालाई चारपाटे मुडेर थानकोट कटाउँनु पर्ने हो ? भन्दै प्रश्न गरेका छन् । दुई दुई पटक सम्म अमेरिकी सेनाका जहाज नेपाल आएको भन्दै उनले त्यसमा के ल्याइएको हो भन्ने बारेमा समेत नेपाली जनतालाई थाहा नभएको दाबी गरेका छन् ।

पाण्डेले भनेका छन् दुई पटक अमेरिकी सेनाको जहाज नेपाल आयो , त्यसमा के ल्याइया,े को आयो अहिले भन्ने सम्म पनि नेपाली जनतालाई कसैले जानकारी गराएको छैन । अमेरिकी सेना आएमा चारपाटा मुडेर थानकोट कटाउँनु भन्ने गगन थापालाई के अब त्यसै गर्नु पर्ने हो ?

अमेरिकाबाट भइरहेका तारन्तारका उच्च स्तरीय भ्रमणहरुबारे पनि उनले प्रश्न गरेका छन् । अमेरिकी उपविदेशमन्त्री देखि प्यासिफिक सैनिक कमाण्डर सम्मको भ्रमण रहस्यमय रहेका भन्दै उनले नेपाल सरकारको जवाफ माग गरेका छन् ।

नेपालमा अमेरिकी उच्च अधिकारीहरुको भ्रमण हुनु राम्रो कुरा भए पनि उनीहरु राम्रो नियतले नआएको दाबी पाण्डेले गरेका छन् । एमसीसी नेपालको हितमा नभएको जिकिर गदैै उनले अहिले सम्म पनि नेपालको संसदले पारित गरको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्विकार नगरेको दाबी पनि उनले गरेका छन् ।

नेपाली सेनाको मुख्यालयमा अमेरिकीहरुको भ्रमणबारे पनि उनले आपत्ती जनाएका छन् । नेपालका पत्रकारहरुलाई समेत सहज प्रवेश नभएको सैनिक मुख्यालयमा विदेशीहरुलाई सहज प्रवेश किन दिएको भन्दै उनले प्रश्न गरेका छन् । अमेरिकीहरुको चाला निको नभएको भन्दै यसले देशमा ठूलो दुर्घटना निम्तन सक्ने ठोकुवा गरेका छन् ।