मेलिना राई र राजन कार्किले गाएको दोहोरी गित ‘मायालाई भेटेसी’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा स्मति स्नेहा इन्टरटेन्डमेन्टको प्रस्तुतिमा नयाँ दोहोरी गित ‘मायालाई भेटेसी’ भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध गायिका मेलिना राई र लोकप्रिय  गायक राजन कार्किको आवाजमा सजिएको उक्त गितमा गायक एवम् सर्जक कार्किकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । यस भन्दा अघि पनि राजन कार्कि र मेलिना राईको सहकार्यमा बजारमा आएका गितहरु ‘पान खायो मायाले’ र ‘सुर्ति माडेर’ पनि सर्वाधिक रुचाईएको थियो । यो राईसंग कार्किको तेस्रो सहकार्य हो ।

कुमार केसीको उत्कृष्ट निर्देशन एवम् प्रसान्त मगरको कोरियोग्राफीमा तयार भएको गितको म्युजिक भिडियोमा प्रकाश सपुत र निता ढुंगानाको डान्सिङ्ग फिचर एवम् अभिनय रहको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई  अजय रेग्मीले छांयाकन एवम् विनोद ज्ञवालीले सम्पादन गरेका हुन् । गितको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो वनेको छ ।

स्मिता स्नेहा इन्टरटेन्डमेन्टको पोष्ट प्रोडक्सनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियो Smita Sneha Entertainment को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :