ज्ञानेन्द्र शाही युवतीसँग आपत्तिजनक अवस्थामा भन्दै भाइरल बनाइएको भिडियोको वास्तविकता यस्तो छ

काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालमा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का एक नेताको आपत्तिजनक भिडियो भाइरल भइरहेको छ ।

सामाजिक अभियान्ता समेत रहेका राप्रपा प्रवत्ता ज्ञानेन्द्र शाही भएको दाबीसहित एक भिडियो भाइरल गराइएको हो ।

मान्छेहरुले कुनै पनि सोधखोज नगरी हचुवाका भरमा शाही कुनै केटीसँग मस्ति गरिरहेको भन्दै भिडियो लिक गरिरहेका छन् । जानकारी अनुसार माओवादी केन्द्र निटक व्यक्तिहरुले सो भिडियो बाहिर ल्याएका हुन् ।

राप्रपा समर्थक अरुण नेपाली लुइँटेलका अनुसार भाइरल गराइएको भिडियो ज्ञानेन्द्र शाही त के कुनै नेपाली नागरिकको पनि होईन् । भिडियोमा देखिएकाहरु फिलिपिन्सका हुन् ।

फिलिपिनोको टिकटक भिडियोलाई केही माओवादीहरुले ज्ञानेन्द्र शाही भन्दै भ्रम फैलाइरहेको लुइँटेलले जानकारी दिएका छन् । टिकटकमा हेर्दा पनि यो भिडियो नेपालको नभएको खुलेको छ ।

केही अन्य व्यक्तिहरुका अनुसार यो भिडियो फिलिफिन्सको नभई इन्डोनेशियाको हो ।

महेन्द्र शाहका अनुसार हास्य कलाकार मनोज गजुरेलकी पुर्वपत्नी मीना ढाकालले पनि यो भिडियो साझा गरेकी थिइन् । पत्रकार सुनिल श्रेष्ठले पनि ज्ञानेन्द्र शाहीको नाम जोडेर भाइरल गराइएको भिडियो सत्य नभएको भन्दै एक लिक साझा गरेका छन् ।

मलेशियातिरको भिडियो हुनसक्ने अनुमान पनि गरिएको छ । तर एउटा कुरा के साँचो हो भने यो भिडियो ज्ञानेन्द्र शाहीको भने होईन् ।

(गलत सूचना सम्प्रेषण गरेर कसैको चरित्र हत्या गर्ने काम गर्नु नेपालको कानून अनुसार अपराध हो । अपराधिक कार्यमा सम्लग्न नहुनुहोस् । उक्त भिडियो सेयर गर्न अहिलेबाट नै छोड्नुहोस् ।)

whatsapp sharing button