इन्द्रेणीका गायक युबराज चौलागाई र रिना केसीले गाएको लभ्ली पाराको दोहोरी गीत भाइरल

काठमाडौं : चर्चित लोक दोहोरी गायक युवराज चौलागाईको नयाँ लोक दोहोरी गीतको म्युजिक भिडियो मंगलबार ( आज ) सार्वजनिक भएको छ ।

म्युजिक भिडियो छायाङकन भने इन्द्रेणी कार्यक्रमको नयाँ स्टुडियोमा गरिएको छ । गीतको लय तथा शब्द युवराज चौलागाई आफैको रहेको छ भने गीतमा स्वर युवराज चौलागाई र रिना के.सी. ले दिएका छन् । चर्चित नयाँ प्रतिभावान गायिका के.सी. ले भिडियोमा अभिनय गरेकी छिन् । त्यसैगरी , कृष्ण कंडेल , प्रतिमा कंडेल , छत्र शाही , सम्प्रिया खड्का , दिपक घिमिरे , प्रकाश शर्मा , कृष्णा बजगाई , विवेक अाेली , अायुषा गौतम , रबिना बसेल , मिलन सापकोटा , शर्मिला श्रेष्ठ , रुपक गिरी , सम्प्रिया खड्का , नवीन सिग्देल लगायतको अभिनय रहेको छ । त्यस्तै , नेतृत्वमा जोसेफ विद्यालयका कलाकारहरुको प्रस्तुती गरेका छन् ।

गीतको निर्देशक उदिराम खड्काले गरेका छन भने गीतको छायाङकन तथा सम्पदान / कलर मिराज अर्यालले गरेका छन भने प्राविधिक संयोजनमा दिपक घिमिरेले गरेका छन ।

त्यसैगरी , गीतको नृत्य निर्देशक विवेक खड्काले गरेका छन् भने एरेन्ज कृष्ण भान्जा गरेका छन । त्यस्तै , गीतमा मेकअफ बिर्मा खड्काले गरेका छन भने गीतको पोष्ट प्रोडक्सन रिमा फिल्मस् ले गरेको छ ।

आधा दर्जन भन्दा बढि लोक दोहोरी गीतको एल्बम समेत निकाली सकेका चौलागाईको हालै आएको ` लभ्ली पाराको ´ बोलको गीत इन्द्रेणी युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

गीतले मुख्य रुपमा युवायुवतीबीच एक अर्कालाई मन पाराएको विषयलाई समेटिएको छ । लोक दोहोरी गीतमा युवा अवस्थाका युवायुवती बीचको चीनजान मायाप्रेम हुदैँ एक सफल जोडीमा परिर्णत भएको विषयवस्तुलाई गीत संगीतको माध्यम मार्फत प्रस्तुत गरिएको छ ।

इन्द्रेणीको स्टुडियोमा आएका दर्शकहरुले समेत छायाङनको समयमा भएका गतिविधिहरुलाई निकै रोचकताका साथ हेर्नुका साथै छमछमी नाचेका देख्न सकिन्छ ।

समसामयिक विषयवस्तु र युवायुवतीहरुमा लक्षित यो लोक दोहोरी गीतले साचिकै आम युवा पुस्तादेखि पाकापुस्तासम्मलाई समेटेको भन्दै स्थानीय लोक कला मौलिकतालाई समेटेको भन्दै अध्यक्ष कंडेलले गीतको निकै प्रशांसा गरेका छन ।