दोहोरी गायक बिर्ख विश्वकर्मा र लक्ष्मी आचार्यको आवाजमा ‘खाना मिठो भान्छाको’ बजारमा (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा दोहोरी गायक  बिर्ख विश्वकर्माको नयाँ दोहोरी गित ‘खाना मिठो भान्छाको’ सार्वजनिक भएको छ । लोकप्रिय गायिका लक्ष्मी आचार्य र गायक बिर्ख विश्वकर्माको आवाजमा सजिएको उक्त गितमा दोहोरी सर्जक डम्बर विश्वकर्माको उत्कृष्ट शब्द सृर्जना एवम् गायक बिर्ख विश्वकर्माको लय रचना रहेको छ । माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

आधुनिक राजको निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको गितको म्युजिक भिडियोमा सुस्मिता, वुद्दी, उपासा, रोवन, स्मृति, सुसिल लगायत थुप्रै कलाकारहरुको अभिनय संगै डान्सिङ्ग फिचर रहेको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई मोहन कुमारको छायांकन एवम् दिनेश डि जोनले सम्पादन गरेका छन् । गितको म्युजिक भिडियो अत्यन्तै रोचक  र लोभलाग्दो वनेको छ |

उक्त गितको म्युजिक भिडियो LARIBARI (लरीबरी) ENTERTAINMENT को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :