गोरखाका मेयर रानाको पहिलो निर्णय : ‘सुन्दर, ब्यवस्थित हराभर नगर’

गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले पर्यटन उद्योगलाई जोड दिँदै सुन्दर, ब्यवस्थीत र हराभरा नगर बनाउन कार्यक्रम तय गरि कार्यन्वयनको ब्यवस्था मिलाउने निर्णय गरेका छन् ।

शुक्रवार पदभार ग्रहण गर्दै उनले गोरखा संसारमा नै ऐतिहासीक एवं पर्यटकीय दृष्टिकोणले परिचित नगर भएको बताउँदै सुन्दर गोरखा देख्ने चाहना पुरा गराउने बताएका छन् ।

कृषिमा ब्यवशायीकरण गरी गाउँबस्तीमा कृषि, पशपंक्षीमा आधुनिकिकरण ल्याई कृषकको जिबनस्तर उकास्ने, स्वच्छ नगर, स्वस्थ नागरिक कार्यक्रम लाई कार्यन्वयनको ब्यवस्था मिलाउने तेस्रो निर्णय मेयर रानाले गरेका छन् ।

चारवटा निर्णय गरेका उनले रोजगार कार्यक्रमलाई अगाडी बढाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा कार्यक्रम तय गरी कार्यन्वयनको ब्यवस्था मिलाउने बताएका छन् ।