सुनिता बुढा क्षेत्री, सुदिप कार्की र सिता पुरीको सुमधुर स्वरमा ‘फुल बोटैमा’ (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गीत सिर्जनाको तर्फबाट नेपाली गीत संगीतको क्षेत्रमा उचाई प्राप्त गरेका धादिङ्गे युवा प्रदिप अधिकारीको प्रस्तुतिमा “फुल बोटैमा” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । उनले यस अगाडी पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । प्रदिपको पछिल्लो समय बजारमा आएको गीतमा लय उनैको रहेको छ भने शब्द राजु सुनामको रहेको छ । गीतमा सुनिता बुढा क्षेत्री, सुदिप कार्की र सिता पुरीको सुमधुर स्वर सुन्न सकिन्छ ।

श्रोता दर्शकहरुले पछिल्लो समय केहि रोमान्चक सैलिको गीत मन पराउने गर्दछन् । यसैलाई मध्यनजर राखरे प्रदिपले पनि रोमान्चक सैलिको नै गीत बनाएका छन् “फुल बोटैमा” बोलको गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, टिका सानु, सुदिप कार्की, रमिला रोक्का र सरिता पुरीको आकर्षक अभिनय देख्न सकिन्छ । प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन निशान बानियाँले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।