यसकारण स्वात्तै भोट घट्ने संकेत,देखियो सामाजिक संजालमा सर्वाधिक समर्थनपाइरहेका बालेन शाहको

काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आपत्तीजनक टिप्पणी गर्दै नयाँ खुलासा गरेपछि स्वतन्त्र उम्मेदवार बालेन शाहले पाउने भोट घट्ने आकलन गर्न थालिएको छ । राजनीतिक विश्लेषकहरुका अनुसार एमालेबाट मेयरका उम्मेदवार स्थापितले शाहबारे अराजनीतिक अभिव्यक्ती दिएपछि स्थापित र शाह दुईटैको भोट घट्न सक्नेछ ।

स्वतन्त्र उम्मेदवार शाहबारे काठमाडौंमा बहुसंख्यक रुपमा रहेका रैथाने नेवार लगायत समुदायलाई स्थापितले नयाँ खुराक पस्किएपछि शाहको भोट घट्न सक्ने बताउन थालिएको छ ।स्थापितले बालेनलाई मधेशीको ट्याग लगाइदिएका र मधेशलाई काठमाडौंले हेर्ने दृष्टिकोण नै फरक भएकाले भोट घट्न सक्ने विश्लेषण राजनीतिक विश्लेषकहरुले गर्न थालेका छन् ।

त्यसैगरी सबैभन्दा सचेत मानिएको जनसंख्या पनि राजधानीमा रहेकाले स्थापितका विवादित अभिव्यक्तीहरु उनलाई नै गलपासो बन्ने पनि बताउन थालिएको छ ।स्थापितले बालेनलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन् । बालेनले आफूलाई मधेसको नभई काठमाडौंको भनेर झुक्क्याइरहेको उनले दाबी गरे । आज आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थापितले सो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । युवाहरूले सुनौँ है । म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ । सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाल ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? मधेसको मान्छे भनेर आउने आँट गर्नुपर्दैन ?’

बलेनले जनतासँग आँखा जुधाउन नसकेर सधैँ चस्मा लगाउने गरेको दाबीसमेत स्थापितले गरे । उनले भने, ‘कहिले पनि चस्मा किन खोल्दैन भनेको त जनतासँग आँखा जुधाएर हेर्ने आँट रहेनछ । यस्तो मान्छेको पछि लागेर हुन्छ ? युवाहरूसँग फेस टु फेस हेरेर कुरा गर्नुपर्यो नि ।’

बलेनसँग काठमाडौंका जनताको विवरण समेत नभएको उनले बताए । ‘काठमाडौँमा महानगरको उम्मेदवारले काठमाडौंमा ८० लाख जनसंख्या छ भन्छ । कति जना मान्छे भन्ने पनि थाहा छैन उसलाई । सिंगो उपत्यकामा बनेपासम्म ४० लाख मान्छे छन् । उसले पहिल्यै ८० लाख भनेपछि योजना भताभुङ्ग भएन रु कहाँ पुर्याउँछन् यस्तोले ?प्रहार न्युज बाट