जम्मा ५ भोटका लागि माधव नेपालले कुदाकुद गरेपछि…

गरुडा– रौतहटको गरुडा नगरपालिकाको नेकपा एमालेका कार्यकर्ता रामजी साह पार्टी परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई नेकपा९एस०का केन्द्रिय अध्यक्ष माधव नेपालले गरुडामा सभा गरी पार्टी प्रवेश गराएका थिए। तर उहाँसङग जम्मा ६ भोट रहेको थाहा पाएपछी माधब नेपाल रिसाएका छ्न्।

चुनाव प्रचारको चटारोमा जम्मा ५ भोटको लागि आफ्नो दिनभरको समत खर्चेकोमा नेपालके नेकपा९एस०का स्थानीय नेता कलिमुल्लाह खालाई झपारेको समेत स्रोतले बताएको छ।

साहसङ्ग आफ्नो एक भोट, दुईटी श्रीमतीको भोट , छोरा र आमाको भोट मात्रै रहेकोले एमालेलाइ खासै फरक नपर्ने स्थानीयको भनाइ छ। सुनचाँदी व्यवसायी समेत रहेको साह गर–गहनामा मिसावट गरी बिक्री गर्ने गरेको आरोपमा कयौपटक कारवाहीमा समेत परेका छ्न्।