बिहेमा गएका स्थानीयलाई मध्यरातमा किन गरियो दुव्यर्वहार ?

कल्पना बोहरा/ अछाम,१५ वैशाख :

अछाममा च क्कु प्र हा र बाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति च क्कु प्र हा र भएकाे हाे ।

स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धा रि लो ह ति यार प्र हार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ ।

स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुं गा हा न हानको भएकाे थियाे । यही अवस्थामा तपेन्द्र बुढाको समूहले च क्कु प्र हा र गरेको प्रहरीको भनाइछ । तपेन्द्र प्रहरी नियन्त्रणमा छन्। अन्य फरार रहेका छन् ।

च क्कु प्र हा र गरी घाइते भएकाहरुकाे स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएकाे छ । मानबहादुरकाे टाउको र ढाडमा चोट लागेकाे छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चोट लागेकाे छ ।

उनीहरुकाे अवस्था गम्भीर छ । तुलसी बुढाकाे टाउकोमा र खगेन्द्र बुढाको हात-खुट्टामा चोट लागेकाे छ । उनीहरुकाे अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।