केशव स्थापितको सार्वजनिक घोषणाः बालेन शाह त उम्मेदवार नै हैन (हेर्नुस् भिडियोसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका केशव स्थापितले स्वतन्त्रबाट मेयरको उम्मेदवारी दर्ता गराएका बालेन शाहबारे पहिलो अभिव्यक्ती नै निकै कडा दिएका छन् ।

काठमाडौं महानगरपालिकाको नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका केशव स्थापितले स्वतन्त्रबाट मेयरको उम्मेदवारी दर्ता गराएका बालेन शाह उम्मेदवार नै नभएको टिप्पणी गरेका छन् । उनले बोलेको उक्त भिडियोलाई एमाले नेताकार्यकर्ता र समर्थकले सेयर गरेर भाइरल बनाइरहेका छन् ।

सत्तागठबन्धनका साझा उम्मेदवारको दोब्बर मत ल्याएर मेयर जित्ने दाबी गरेका स्थापितले काठमाडौंका मतदाताले अरुलाई किन भोट हाल्छन् भनेर प्रश्न समेत गरेका हुन् ।

सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंह र बालेन शाहहरुलाई सम्मानजनक भोट जाओस् भन्दै स्थापितले १ लाख बढी भोट आफूले ल्याउने र बाँकी उनीहरुले बाडचुड गरुन् भन्दै अभिव्यक्ती दिएका छन् । एक टेलिभिजनसँगको छोटो कुराकानी गर्दै स्थापितले यस्तो बताएका छन् ।

स्थापितले राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दिएपछि पनि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थापितले भनेका थिए, ‘म प्रमाणित मान्छे हुँ ।’ काठमाडौंमा नेपाली कांग्रेसको स्थायी भोट ४५ हजार रहेको, माओवादीले २०७४ मा पाएको ७ हजार कायम राख्ने र एकीकृत समाजवादीले तीन हजार थप्ने हो भने पनि ५५ हजार मात्र पुग्ने भन्दै उनले भनेका थिए, ‘गेम इज ओभर ८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता रु गेम इज ओभर ।’ गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर भोट ल्याएर जित्ने उनको दाबी छ । ‘गठबन्धनको डबल, लेखेर राख्नुस्,’।