ज्वाइँ रणबीर कपुरलाई अँगालो हालेर भक्कानो छोडेर रोए बुबा महेश भट्ट

एजेन्सी बलिउडको पावर कपल रणवीर कपुर र आलिया भट्ट अब सधैंभरि एकजुट भएका छन् । सामाजिक सञ्जालमा दुवैको विवाहको सुन्दर तस्बिरको चर्चा छ । उनीहरु दुवैले १४ अप्रिलमा परिवार र केही विशेष साथीहरुबीच विवाह गरेका थिए । फ्यानसँगै बलिउड सेलिब्रेटीले पनि दुबैलाई बधाई दिइरहेका छन् । यसैबीच, सबैलाई भावुक बनाउने अर्को तस्विर सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ ।

तस्बिरमा आलिया भट्टका बुबा तथा निर्देशक महेश भट्ट आफ्ना ज्वाइँ रणवीरलाई अँगालो हालेको देखिन्छ । साथै, फोटो हेरेपछि उनी आफ्नो ज्वाइँलाई लिएर निकै भावुक देखिन्छन् भन्ने अनुमान गर्न सकिन्छ । यो तस्बिर आलिया भट्टकी बहिनी तथा अभिनेत्री पूजा भट्टले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । तस्बिरलाई धेरैले मन पराइरहेको छ ।

साथै, यो फोटो सेयर गर्दै अभिनेत्रीले क्याप्सनमा निकै राम्रो कुरा लेखेकी छिन् । उनी लेख्छिन् – ‘मनबाट सुन्न र बोल्ने क्षमता भएमा शब्द कसलाई चाहिन्छ’। पहिलो तस्बिरमा महेश भट्ट अलि भावुक देखिन्छन् । यसबाहेक दोस्रो तस्बिरमा उनको अनुहारमा शान्तता छ । ससुरा र ज्वाइँका यी सुन्दर तस्बिरलाई पनि धेरैले मन पराइरहेका छन् । यसबाहेक आलिया भट्टकी आमा सोनी राजदानले पनि छोरीको लागि इन्स्टाग्राममा भावुक पोस्ट लेखेकी छिन् । पोस्टमा सोनीले आफ्नी छोरीलाई धेरै आशीर्वाद दिएकी छिन् र रणवीर कपूरलाई छोरा झैं स्वागत पनि गरेकी छिन् ।

सोनीले आफ्नो इन्स्टाग्राममा दुबैको सुन्दर तस्बिर सेयर गरेकी छिन् । साथै क्याप्सनमा लेखिएको छ, ‘उनीहरू भन्छन्, छोरी गुमाएपछि छोरो पाउँछ । म पनि भन्न चाहन्छु कि हामीले एक अद्भुत छोरा पाएका छौं। प्यारो परिवार । यसका साथै सोनीले लेखेकी छिन्, ‘मेरी प्यारी सुन्दर छोरी सधैं हाम्रो साथमा छिन् । रणवीर र आलिया म तपाईंलाई धेरै माया, प्रकाश र खुशीको कामना गर्दछु। तिम्रो प्यारी आमाु। सोनी राजदानको यो पोस्टमा धेरै सेलिब्रेटीहरूले कमेन्ट गरेका छन् र परिवार र जोडीलाई विवाहको लागि बधाई दिएका छन्।