स्वतन्त्र उमेदवार देवकोटा भन्छन : देशकै नमुना नगर वनाएरै छाड्छु

सामाजिक युवा आशिष देवकोटा “पार्टी भन्दा माथि युवा र विकास मेरो साथी”भन्ने मूल एजेण्डा सहित पालुङ्टात नगरपालिका बाट स्वतन्त्र रूपमा नगर प्रमुख पदमा उम्मेदवारी दिने निर्णय गरेका छन् ।

नेपाल सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनमा स्थानीय निकायको प्रमुख नै भई राष्ट्रिय विकासमा योगदान दिने मनासायले आफूले उमेदवारी दिएको बताउँदै यदि राम्रो जनमत पाएर विजय भएको यस नगरलाई नेपालकै एक नमुना नगर बनाउन उद्देश्य साथ उमेदवारी दिएको बताएका छन्।

मध्यम वर्गीय परिवारमा जन्मिएका आशिष विभिन्न सामाजिक सङ्घ सस्थामा आवद्धरही सामाजिक कार्य गरिरहेका छन् । राजनैतिक साथै सामाजिक सङ्घ संस्थाको बिभिन्न पदमा रही काम गरेका देवकोटा चुनौती संग खेल्ने सामना गर्न सक्ने स्वभाव भएका देवकोटा लाई तपाइको उम्मेदवारी किन भनेर गरेको जिज्ञासामा मेरो उम्मेदवारी देशमा बढ्दो राजनैतिक खिजातानिका विरुद्ध यसलाई करेक्सन गरेर आफना बिचार जनता माझ लिएर जानु पर्दछ भन्ने मान्यताका साथ सम्बृद्ध नगर निर्माणका लागी मैले अगाडि सारेका नीति तथा कार्यक्रम लागू गर्नका लागी। विकासका प्रशस्त संभावनाहरुलाई उजागर गर्दै गण्ड्की प्रदेश भरकै नमुना बनाउने मेरो उद्देश्य हो। बेरोजगार युवालाई रोजगारी प्रदान, बृद्धवृद्धाको सम्मान, अपाङ्ग, दलित, जनजाति, पछाडि पारिएका वर्गको उत्थान गरी समतामूलक समाज निर्माण गर्नका लागि आफ्नो उम्मेदवार रहेको बताएका छन् ।

पालुङ्टार नगरपालिका भित्र रहेको बहु भाषा बहुजाति बसोबास गर्ने रहेको छ । यस नगरलाई नमुना बनाउने विभिन्न एजेण्डा बोकेर स्वतन्त्र रूपमा म जनता माझ गएको छु ।नगरको विकास र समृद्धिको आधार ,पर्यटन ,कृषि ,जङ्गल र जलाधार भन्ने मूल नारालाई अगाडि बढाउने सोचेको छु। जिल्लाको मात्र नभएर देशकै नमुना नगर रूपमा विकास गर्ने मेरो योजना छ । अहिलेको मुख्य समस्या भनेको बेरोजगारी समस्या नै हो । युवाहरू प्रत्येक दिन रोजगारीको खोजी गर्दै खाडिका मरुभुमिमा जान बाध्य भएको छ । यस नगरमा रहेका खेतियोग्य खेतका फाटहरुमा कृषि उत्पादनलाई बढवा दिने युवाहरूलाई कृषि कार्यको लागी अनुदान तथा सहयूलियत दरमा ऋण उपलब्ध गराई रोजगारीका अवसरहरू सिर्जन गर्ने र १ घर १ उत्पादन नीतिलाई आत्मसाथ गर्ने योजना अगाडि बढाउने सोच छ।त्यस्तै कृषि, पशुपालन व्यवसायलाई समूह वा सहकारी मार्फत विस्तार गर्ने योजना सहितको चुनावी एजेण्डा रहेका बताएका छन् ।

सहकारीको माध्यमबाट रोजगारको समेत ग्यारेण्टी गर्ने , सहकारीले उत्पादन गरेका वस्तु बजारीकरणको जिम्मा हामी आफै लिनेछौं । घरेलु तथा साना उद्योगको विस्तार गर्ने , खेतियोग्य जमिनमा सिचाईको व्यवस्था गरिने छ । वृद्धवृद्धाको सम्मान, अपाङ्ग , दलित, जनजाति पछाडि पारिएका वर्गको उत्थानका लागि विशेष खालका कार्यक्रम सञ्चालन गर्ने महिलाहरुका लागि विभिन्न सिप मूलक तालिम सञ्चालन गर्नेछौँ । बालमैत्री नगरपालिका बनाइ बालबालिकाका लागि विभिन्न ठाउँमा पार्क निर्माण गर्नेछौँ । खेलकुदको विकासका लागि वडामा खेलमैदान निर्माण गर्ने।ऐतिहासिक लिगलिग क्षेत्र अन्तर्राष्ट्रिय पर्यटक भित्रीने क्षेत्रको रूपमा विकास गर्नका लागि गुरुयोजना तयार पार्ने योजना समेत रहेको उनको भनाई छ ।

यस नगर क्षेत्र क्षेत्रमा पर्यटकका लागि होमस्टे तथा सुविधा सम्पन्न होटेल रेस्टुरेण्ट सञ्चालन गर्ने छु । केही क्षेत्रमा खानेपानीको चरम समस्या छ । लिफ्टिङ्ग प्रविधि वा अन्य प्रविधि अपनाएर खानेपानीको आपूर्ति सहज बनाइने छ । विद्युत् क्षेत्रका समस्याहरू समाधान गर्नेछौँ । सडकहरुलाई स्तरोन्नती गर्दै कालोंपत्रे बनाउदै लैजाने छौँ । स्तरीय शिक्षा र स्वास्थ्य सुविधा प्रदान गर्नेछौँ । सञ्चारको विकास लागि विशेष जोड दिनेछौं ।यस वडामा रहेका जनजातीको सस्कृति लाई जोगाउन योजना बनाउने सोच रहेको छ। त्यसता साम्रगी उत्पादनमा निरन्तरता दिँदै बजारको ग्यारेन्टी गर्ने छु।यसपालि पार्टी भन्दा पनि माथि उठेर युवालाई साथ दिने नगरबासीको चाहना अनुसार मैले उम्मेदवारी दिएको छु।त्यस कारण पनि मैले जित्ने धेरै आधार खडा भएका छन् ।म एउटा युवा हुँ विकास निर्माण संगै सामाजिक यात्रा साथै जनताका हरेक सुख दुःखमा सँगै सहयात्रा गरिरहेको छु ।

म प्रति यस नगरका जनताको विश्वास र भरोसा नै मैले जित्ने मुख्य आधारहरु हुन । मेरो उम्मेद्वारीले नगरवासीहरुमा एउटा खुसीयाली छाएको छ ।जनताहरुले विगत भन्दा केही फरक चाहनु भएको छ ।मैले चुनावमा गरेका प्रतिबद्धता कार्यान्यन गर्ने प्रतिबद्धता अनुसार काम गर्ने छु ।हाम्रो भन्दा पनि राम्रो मान्छे चुनौ यस पटक तपाईँको एउटा मतले ५ वर्ष सम्म पछुताउनु पर्दछ।देबकोटाले स्कट नेपाल डट कमलाई बताएका छन् ।