प्रचण्डसँग निहुँ खोज्दा ओली बार्दली लखेटिए – भीम उपाध्याय

काठमाडौं – केही समय यता भीम उपाध्यायले स्थानीय निर्वाचन नजिकैसँगै नेताहरु र पार्टीको कटाक्ष गर्न थालेका छन् । सही र गलतको बारे आफ्नो विचारहरु प्रकट गर्दै आइरहेका छन् । नेतृत्व कहाँ चुकेको छ कहाँ उठेको छ भनेर औल्याउँदै आइरहेका छन् ।

उनीले फेरि आफ्नो फेसबुकमा स्टाटस राख्दै नेताहरुको बारेमा व्यक्त गरेछन् । दोष लगाउने कार्यहरु नेताहरु निकै अघि रहेको कुरा व्यक्त गरेका छन् । स्टाटस पढ्नुस् :-

“सधै दोष अरूलाई लाउदै बितिगो यो जुनी-

-२०२७ सालमा ८ फेल भए मास्टरलाई दोष लगाएर
स्कूल छोड़े,

– २०२८ मा धर्म ढकाललाई मारे पंचायतलाई दोष लगाए,

– २०५४ मा पार्टी फोड़े बामदेबलाई दोष लगाए,

– धेरै रक्सी खानाले किड्नी गयो, पुलिस र पंचायतलाई दोष लगाए,

– संसद विघटन गरे संविधानलाई दोष लगाए,

– पार्टी फोड़े प्रचण्डलाई दोष लगाए,

– ४ बर्षे सरकार असफल साबित भयो सहकर्मीहरूलाई दोष लगाए,

– अदालतले संसद पुनस्थापना गरिदियो न्यायाधिशलाई दोष लगाए,

– पुन: संसद विघटन गरे अदालतले पुनस्थापना गरिदियो अदालत नै ठीक छैन भने,

– सबै प्रदेशबाट मुख्यमन्त्री र सरकारबाट लखेटिए संघीयतालाई दोष लगाए,

– छिमेकीको नेताको काँखमा बसेर माधव, प्रचण्डसँग निहु खोज्दा टिपेर बार्दली लखेटिए १० बुँदेलाई दोष लगाए।
को दोषी?

नेताहरूबाट हामीले राजनीति यसैगरी सिक्नुपर्च बिच्चबिच्चमा!🤪”