केशव स्थापितले यी दुई महिलासँग यस्तो प्रस्ताव राखेको खुलासा, यही काण्डले मेयरमा लाग्नसक्छ गम्भीर धक्का ! (महिलाको भिडियो बयानसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको टिकट एमालेले केशव स्थापितलाई दिने निर्णय गरपछि उनको चर्चा र आलोचना सुरु भएको छ । उनको पृष्ठभूमि खोतल्न थालिएको हो । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थापित एमालेबाट काठमाडौंको मेयर बनेका थिए । राजा ज्ञानेन्द्र शाहको पालामा मनोनीत टीके मेयर पनि बने ।

उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी पार्टीमा स्थापित गएका थिए । त्यस बेला स्थापितको यौन दुरव्यवहारमा परेकी रस्मिता प्रजापतिले विरोध गरेकी थिइन् । रस्मितालाई स्थापितले काठमाडौं महानगरपालिकामा यौन प्रस्ताव राखेका थिए । रस्मिताले स्थापितको यौन प्रस्ताव अस्वीकार गरेका कारण जागिरबाट हटाएका थिए । स्थापितको यौन दुरव्यवहारमा परेकी रस्मिताको बयान सम्पादन गरेर राखिएको छ ।

रस्मिता प्रजापतिको बयानः मैले काठमाडौं महानगरपालिकामा काम गरेको २०५४ सालदेखि हो । २०५४ सालदेखि रेगुलर स्टाफको रुपमा शाखा अधिकृतको रुपमा काम गरेको मैले । २०५६ सालमा आइपुग्दा उहाँ (काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापित)ले शुक्रबार भयो कि जहिले पनि, भोलि शनिबार नगरकोट रिसोर्ट जाऔँ वा धुलिखेल जाऔँ, तिम्रो प्रमोशनको कुरा गर्नुछ भनेर मलाई फोन गर्न थाल्नुभयो ।

यो क्रम चाहिँ करीव ६ महिनासम्म चल्यो । त्यस बेला फोन गरेको रेकर्ड हुँदैन ऋषिजी । २०५६ सालमा मोबाइल पनि थिएन । भए पनि एकदमै कम हो । ल्याण्डलाइन फोन थियो । मेरो एक्सेसमा थिएन । मोबाइल धेरै जनासँग थिएन । त्यसपछि एकदिन उहाँले केएटिएच ९७.७ थियो त्यो बेला अहिले ईमेज एफएम भयो । म त्यस बेला त्यहाँ कार्यक्रम चलाउँथे । म कार्यक्रम प्रेजेन्टर । म नगरपालिकामा अरु दिन काम गर्थें ।

शनिबार चाहिँ म त्यहाँ कार्यक्रम चलाउँथें । अनि म जहिले पनि केएटिएचमा मेरो कार्यक्रम छभनेर टार्थें । एकदिन उहाँले के गर्नुभयो भने मेरो थ्री टू फोर मेरो प्रोग्राम आउँथ्यो । ४ बजेको कार्यक्रम सकेर तल आउँदा केएटिएचको रिसेप्सनमा फोन आयो । मेयरको फोन आयो । मेयरले के भन्नुभयो भने तिमीसँग एकदमै अर्जेन्ट काम छ । मैले ड्राइभर पठाएको छु । तिमी गाडीमा बसेर तुरुन्दै आउ भनेर आदेश दिनुभयो । बाहिर हेरेको गाडी स्ट्याण्डबाई त्यहिँ थियो । कहिले गाडी जान्छ भनेर‘मलाई एकदमै स्ट्रेस भयो त । दुई घण्टा म स्टेसनमै बसेँ ।

त्यसपछि भोलिपल्ट आइतबार म मेयरसँग कुरा गर्न गएँ । एक प्रकारको रिस पनि थियो । मलाई तनाब थियो । पहिला नगरपालिकाभित्र मात्रै हुने कुरा मेरो एफएम स्टेसनसम्म पुग्यो । तपाईसँग एउटा नगरपालिकाको जागिरको लागि तपाईसँग रिसोर्टमा धाउनुपर्ने महिला होइन । तपाईले मलाई रङग मूल्यांकन गर्नुभयो मेयर’साब भने । उहाँले तिमले एकदमै अर्कै सोँच्यौ । मित्रै प्रमोसनको लागि कुरा गर्न लागेको हो भन्नुभयो । मेरो प्रमोसनको कुरा दुई कुराले रङग छ । म अस्थायी पोस्टमा कार्यरत थिएँ । अस्थायीको प्रमोसन हुँदैन । त्यस बेला स्थायीको प्रक्रिया पनि थिएन । त्यसपछि त्यो कुरा सम्य भयो ।

त्यसपछि दुई वर्षको कार्यकाल रह्यो । २०५८ सालको अन्त्यतिर जनप्रतिनिधिहरूको समय सक्कियो । २०६० सालमा राजा ज्ञानेन्द्रको पालामा सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले डाइरेक्ट मनोनीत गरेर फेरि आउनुभयो, मेयर बनेर केशव स्थापित । आएपछि पहिलो निर्णय नै उहाँले मलाई हटाउनुभयो । त्यो बेलाको प्रस्ताव मैले नमानेकोले मलाई उहाँले जागिरबाट हटाउनुभएको हो ।

एकजना बहिनी उज्जला महर्जनले आफ्नो फेसबुकवालमा लेख्नुभएको थियो । दशैंको टीकाको वरिपरी नै उहाँले स्टाटस के लेख्नुभएको थियो भने– उहाँ कुनै समय जर्नालिस्ट हुनुहुँदो रहेछ, रिपब्लिकामा । उहाँले केशव स्थापितसँग इन्टरभ्यु लिन जाँदा उहाँलाई साँझ–साँझ फोन गरेर उहाँलाई एकदमै ह्यारेसमेन्ट गर्नुभएको रहेछ । त्यो कुरा उहाँले वालमा राख्नुभयो । त्यसपछि मलाई के फिल भयो भने मलाई त उहाँले २०५६ सालमा ह्यारेसमेन्ट गर्नुभएको हो नि । सेक्सुअल ह्यारेसमेन्ट गर्नुभएको हो नि ।