नाङ्गो गफकाे राजनीति – लेखनाथ न्यौपाने

काठमाडौं – लामो समयसम्म राजनीतिमा सक्रिय र बौद्धिक व्यक्तिको रुपमा चिनिएका लेखनाथ न्यौपानेले स्थानिय निर्वाचना नेताहरुलाई औंल्याउँदै आफ्नो समाजिक संजाल फेसबुकमा स्टाटस हालेका छन् । स्टाटसमा लेखिएको छ :-

‘#नाङ्गो गफकाे राजनीति
मन्त्रीकाे पिएले समेत मैले यति गरे र उति गरे, याे कार्यक्रममा यति बजेट पारे र त्याे संस्था स्थापना गर्न यति बजेट ल्याएँ भनेर पत्रकार सम्मेलन नै गर्ने भएपछि पालिका प्रमुख, सांसद र मन्त्रीकाे गफ कस्ताे हाेला ? काठमाडौं शहरकाे फाेहर व्यवस्थापन गर्न नसक्नेले समेत मैले सबैभन्दा उत्कृष्ट काम गरेकाे छु भनेर नाङ्गो गफ चुटेकै छन् यहाँका मेयरले । यस्ताे राेगकाे उपचार चेतनशील समाजले बाहेक अन्तबाट सम्भव देखिंदैन !’