पालुङ्टार -०४ को वडा अध्यक्षमा वसन्त देवकोटाले दिए आफ्नो दाबेदारी

गाेरखा- पालुङटार नगरपालिका-४ काे वडाअध्यक्षमा बसन्त देवकाेटाले दावी गरेका छन् । नेकपा (माओवादी केन्द्र)का पालुङटार सदस्य देवकाेटाले पार्टीमा वडा न ४ पालुङटारकाे अध्यक्ष बन्न आंकाक्षा ब्यक्त गरेका हुन् । उनीसंगै वडाअध्यक्षमा ५ जनाको दाबी परेको छ । मानबहादुर पाैडेल, जाेनी सुनार, दुर्याेधन अधिकारी र शंकर राेका आंकाक्षी हुन् ।

पालुङ्गटार नगरपालिका वडा नं. ४ को वडा अध्यक्षमा अरुभन्दा वसन्त देवकोटाको नाम नै बढी चर्चामा आउन थालेको छ। युवा नेता देवकोटाले दिएको दावेदारीमा युवा तथा विद्यार्थी सकारात्मक छन् । देवकोटाले टिकट पाएमा विद्यार्थी राजनीतिमा होमिएका युवाहरुलाई प्रोत्साहन मिल्ने युवाहरुको दाबी छ ।

को हुन् त वसन्त देवकोटा ? राजनैतिक जीवन कस्तो छ त देवकोटाको ? 

सानै उमेरदेखि राजनैतिक चेतना भएका देवकोटा बाल्यकाल देखि नै राजनीतिमा होमिएका थिए । राजनैतिक दर्शन चिन्तन भएका देवकोटा २०६२ बाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए । देवकोटा सिटिईभिटी मातहतको नेम्स कलेजको अखिल (क्रान्तिकारी)काे प्रथम अध्यक्ष बनेर आफ्नो विद्यार्थी राजनीति सुरु गरे । सिटिईभिटीमा लामो समय देखि बिद्यार्थी हक हितका लागि काम गरेको अनुभव भएका देवकाेटा पूर्वाअञ्चल विश्व विद्यालयको संयाेजक भई लामो समय विद्यार्थी राजनीति गरे ।

क्रन्तिकारिको केन्द्रीय सदस्य हुँदै सचिवालयसम्मको विद्यार्थी राजनीति गरेका देवकाेटा हाल अखिल नेपाल जनस्वास्थ्य संघको केन्द्रीय उपाध्यक्ष हुन् । उनीले स्वास्थ्यमा भएको हरेक नकारात्मक पक्षको विरोध गर्दै पनि आएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवालयमा बसेर देवकोटाले काम गरिसकेका छन् । त्यहाँ काम गरेर उद्योग वाणिज्य तथा आपूर्तिको विषयहरुमा राम्रो ज्ञान सिक्न अवसर पाएका देवकोटाले नेपाली समाजको विकास कसरी गर्नुपर्छ राम्रो ज्ञान प्राप्त गरेका छन् ।

वसन्त देवकोटाले वडा अध्यक्षको टिकट पाउने सम्भावना कति ?

२०७४ काे स्थानीय निर्वाचनमा नयाँ शक्ति पार्टीले जितेकाे वडामा तत्कालिन वडाअध्यक्ष ठाकुरकान्त रानाभाट निर्वाचि भएका थिए । उनले ८१३ मत ल्याउदै वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्दका अधिकारी ४२० मत पाएका थिए । त्यस्तै, नेपाली कांग्रेसका केदार नाथ देवकोटाले ३७५, नेकपा एमालेका कमल बहादुर बोगटीले २२१ र स्वतन्त्रबाट उम्मेदवार बनेका राम बहादुर वि.कले ६१ मत पाएका थिए ।

वडा अध्यक्ष बाहेक सदस्य पदमा भने माओवादीले क्लिन स्विप नै गरेकाे थियाे ।

वडाअध्यक्षमा ३९३ मतअन्तर रहेकाे थियाे । पछिल्लाे समय नयाँ शक्ति हाल जनता समाजवादी पार्टी (जसपा) काे चाम नभएकाले पार्टीले टिकट दिएमा निर्वाचित हुने उनकाे दावी छ ।

वसन्त देवकोटा विद्यार्थी राजनीति गरेर आएका व्यक्ति भएका कारणले पनि यो पटक विद्यार्थी तथा युवाहरुलाई प्रोत्साहन गर्नको लागि भएपनि यसपटक देवकोटालाई टिकट दिने सम्भावना प्रबल मात्रामा रहेको स्थानिय नेताहरु बताएका छन्।

पछिल्लो समय हरेक वडामा यूवाहरूको सहभागि रहनुपर्ने आवाज उठिरहेको समयमा उनले टिकट पाएमा संग्रह पालुङटारका विकाशमा हातेमालाे गर्ने उनके इच्छा छ ।