अखिल क्रान्तिकारीको सचिवमा बाबुराम नेपाली निर्वाचित

काठमाडौं – लामो समयदेखि विद्यार्थी राजनीतिमा होमिएका विद्यार्थीहरुको मनमुटुमा बस्न सफल विद्यार्थी नेता बाबुराम नेपाली अखिल क्रान्तिकारीको दोस्रो पूर्ण बैठकबाट सचिव पदमा निर्वाचित भएका छन् ।
नेपाली विद्यार्थीको हकहितको लागि आवाज उठाउँदै हिँड्ने प्रभावशाली विद्यार्थी नेता हुन् । कोभिडको बेलामा काठमाडौंमा विद्यार्थी अलपत्र पर्दा उनीहरु विद्यार्थीको आडभरोसा बनी घरसम्म पुर्‍याउने व्यवस्ता मिलाएका थिए ।
हरेक क्याम्पस विद्यालयमा पुगि नेपालीले विद्यार्थीको समस्या बारे बुझ्न निकै सक्रिय भूमिका खेल्दै आइरहेका छन् ।