गठबन्धनको भित्री लफडा छताछुल्ल, जसपाका अध्यक्षद्धय अकस्मात किन पुगे प्रचण्डकोमा ?

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०का दुई अध्यक्ष एकसाथ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न अकस्मात सिंहदरबार झरेका छन् । बाबुराम र उपेन्द्रले कांग्रेसलाई झड्का दिने कुरा गरेको स्रोतले बतायो ।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् ।प्रचण्डलाई भेट्न पौने १२ बजे सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालय पुगेका यादव र भट्टराईले करिब ४० मीनेट कुराकानी गरेको बताइएको छ ।

भेटवार्ताबारे औपचारिकरुपमा केही पनि बताइएको छैन । बुझिएअनुसार स्थानीय तह निर्वाचनमा कांग्रेससहितको गठबन्धन हुन नसकेका स्थानमा जसपा र माओवादीबीच तालमेल गर्नेबारे कुराकानी भएको छ । कांग्रेस र माओवादीले कतिपय ठाउँमा आफ्नो पार्टीलाई निषेध गरेको भन्दै यादव र भट्टराईले प्रचण्डसँग असन्तुष्टी जनाएको पनि बताइएको छ ।