गोरखामा एकैपटक ३०० जना कार्यकर्ता माओवादीमा प्रवेश

गोरखा– स्थानिय निर्वाचनको मिति तोकिएपछि पछिल्लो समयमा सबै राजनैतिक दलहरु निकै सक्रिय भएका छन् । आफ्नो दललाई कसरी बलियो बनाउने तर्फ नेताहरुको ध्यान छ । यसैक्रममा संघिय सांसद चूडामणि खड्काले गोरखामा एउटा प्रलय ल्याइदिएका छन् । काङ्ग्रेस, एमाले र जसपा तर्सिएको छन् । खड्काले गरेको यस्तो कमालले प्रचण्डमा निकै खुसी देखिएको छ ।

गोरखामा गएर चूडामणि खड्काले एकैपटक ३०० जना आफ्नो पार्टीमा प्रवेश गराएका छन् । सुवास तामाङ्गको नेतृत्वमा ३०० जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्  । गोरखामा माओवादी केन्द्रले यस अघि पनि धेरै जनालाई यही महिनामा पार्टी प्रवेश गराएर आफू शक्तिशाली पार्टी भएको घोषणा गर्दै आइरहेको छ।

पार्टी प्रवेशको खबर स्कटनेपाल डट कमलाई माननीय चूडामणि खड्काको स्वकीय सचिव समिप क्षेत्रीले जानकारी दिनु भएको हो ।