पालुङटार नगरपालिकाकाे उपमेयरमा विकास भट्टराईको बलियो दाबेदार

गोरखा– बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नेकपा (माआवादी केन्द्र) पालुङटारका कोषाध्यक्ष विकास भट्टराईले उपमेयर बन्न पार्टीमा उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्र, पालुङटार नगर सचिवालयको हिजो बसेको बैठकमा उनी उपमेयर बन्न पार्टीमा आकांक्षा व्यक्त गरेका हुन् ।

पत्रकार महासंघ ललितपुर जिल्ला कार्यसमितिमा काम गरिसकेका पत्रकार भट्टराई सक्रिय पत्रकारीता छोडि पार्टी राजनीतिमा होमिएका थिए । उनी पछिल्लाे समय वडाअध्यक्षमा उठ्ने चर्चा भएपनि उपमेयरमा आँकाक्षी देखाएका हुन् ।

सक्रिय पत्रकारिता छोडि पालुङटार–२, खोप्लाङमा कृषी पेशामा आर्कषित भएका भट्टराई त्यस क्षेत्रका चर्चित पात्र हुन् । राजनीति र कृषिलाई जोडेर पालुङटारको विकासमा उल्लेखनीय काम गर्न सक्ने उनकाे दावी छ ।

नयाँ भिजन बोकेर भट्टराई आफू बलियो दाबेदार भएको प्रस्तुत गरेका छन् । यूवा नेता भट्टराईले समाजमा विभिन्न योगदान पुर्याएका छन् । कोरोनाको महामारी फैलिएको बेला ‘सचेत युवा अभियान’ चलाएर उनीले विपन्न तथा आर्थिक रुपमा असक्षम वस्तीहरुमा पुगी रासन र स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।

उपमेयरमा त्यसै गरि दाबेदार आशिष देवकोटा, सुमन आचार्य, केशव न्यौपाने, शर्मिला बगाले, निर्मला मल्ल, वन्दना पाण्डे, उषा पाण्डे र शंकरराज कंडेल पनि सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला भित्रका अन्य स्थानीय तहमा चैत्र ३० गतेभित्र प्रदेश कार्यालय पठाउन निर्देशन दिएकाे छ ।