देउवा सरकारले नौ महिनामै देश कंगाल बनायो : ओली

काठमाडौं, २६ चैत ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कं’गाल बनाएको ओलीले बताएका छन् । शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘देउवा नेतृत्वको सरकारले नौ महिनामा देशलाई कंगाल बनाएको बताएका हुन् ।

देउवा नेतृत्वको सरकारले नौ महिनामा देशलाई कंगाल बनायो,’ उनले भने । नेपाल उर्वर देश र मेहनती जनता रहेको भन्दै उनले देशको अर्थतन्त्र धरासायी भएको भनेर गभर्नरले सही सुझाव दिँदा गभर्नरको निलम्बन गर्नु दुखद भएको बताएका छन् । सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको ओलीको आ’रोप छ ।