काठमाडौंको शंखरापुर नगरपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

२७ चैत, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-१ नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मेलम्चीबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ६३७९ नम्बरको टिपर शनिबार राति पौने १० बजे दुर्घटना हुँदा सोही टिपरका सहचालक २० वषर्ीय किरण बास्कोटाको मृत्यु भएको हो ।

धादिङको थाक्रे गाउँपालिका-७ घर भएका बास्कोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।