डा. केसीमाथि ओलीको कटाक्ष : नयाँ अस्पताल खोल्न खोज्यो कि सुतिजान्छन्

काठमाडौं :

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले देशमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजिएको आरोप लगाएका छन् ।

काठमाडौंमा शुक्रबार एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने गिरोहले सरकारलाई थर्काउने गरेको आरोप लगाएका हुन् ।

‘स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु एकदमै सक्रिय छन् । नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्ने छन्,’ उनले भने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ, मोडल अस्पताल बनाउँ भन्यो भने एक जना भन्छ, हस्पिटल खोल्ने ? एक जनाले नखाई बस्दिम् त ? भनेपछि सरकार थरर । विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् ।’

उनले भने, ‘नेपालमा स्वास्थ्य तथा इन्जिनियर पढाउनका लागि कलेजका भवन भनाएका छन् । तर ती कलेजलाई अनुमति दिएको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपालमा मेडिकल कलेज खाेल्नु पर्ने हो । तर त्यसलाई राेक्न लागेका छन् । विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुह छ । विद्यार्थीलाई बाहिर पठाउने व्यापार बढेको छ । स्वास्थ्य तथा इन्जिनियरको लागि भवन भनेका छन् । तर स्वीकृत दिएको छैन ।’

अध्यक्ष ओलीले डा गोविन्द केसीलाई लक्षित गर्दै एक जनाले सुत्दम भन्दा सरकार डरले थरथर हुने गरेको बताए । उनले भने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ भन्यो भने एक जना भन्छ,हस्पिटल खोल्ने ? सुत्दिम त ? नखाई बस्दिम् त ? भनेपछि सरकार थरर । एक थरी विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् । इन्जिनियर र डाक्टर एजुकेसन चलाउन पाइँदैन भन्छन् ।’

‘एकजना छन् नि! देशमा अस्पताल र मेडिकल कलेज खोल्न खोज्यो कि ध’म्क्याउन थालिहाल्छन्। हस्पिटल खोल्ने रे! सुतिदिऊँ सुतिदिऊँ भन्छन्, सुत्न थालिजान्छन्’, उनले भने, ‘म नखाऊँ, भोकै बसिदिऊँ भनेपछि सरकार थरर काम्न थालिजान्छ।’
प्राध्यापक डाक्टर गोविन्द केसीका कारण देशमा नयाँ अस्पताल र मेडिकल कलेज खोल्न नसकिएको बताएका छन्। पार्टीनिकट स्वास्थ्यकर्मी संगठनको महाधिवेशनमा बोल्दै ओलीले केसीप्रति कटाक्ष गरेका हुन्।