तेस्रो विश्वयुद्धको पहिलो स्टेप, युक्रेनमा छिर्यो नेटो

एजेन्सी – युक्रेनलाई ट्यांक पठाउने नेटोको पहिलो सदस्य मुलुक चेक गणतन्त्र बनेको छ । उसले राष्ट्रपति भालोदीमीर जेलेन्स्कीको अनुरोधमा टी–७२ र सशस्त्र वाहनहरू पठाएको हो । युक्रेनमा नेटोको ईन्ट्री भएसँगै तेस्रो विश्वयुद्ध हुने नै भयो भन्दै विश्लेषण हुन थालेका छन् ।

बीभीपी–१ इन्फान्ट्री फाइटिङ भेहिकल, हावित्जर आर्टिलरी पीस र एक दर्जनभन्दा बढी टी–७२ ट्यांकहरू मंगलवार युक्रेन जाने मालवाहक ट्रेनमा राखिएको हो ।

नेटोका साझेदार मुलुकहरूले युक्रेनलाई उपहार दिने सहमति जनाएपछि यो ट्यांक दिइएको बताइएको छ । एक महिनासम्म तटस्थ बसेपछि अब नेटो रुसविरुद्धको युद्धमा होमिने डर उत्पन्न भएको छ ।

नेटो मुलुकहरूले युक्रेनलाई एन्टी ट्यांक र एन्टी क्राफ्ट क्षेप्यास्त्रका साथै ससाना हतियार र रक्षात्मक उपकरण उपलब्ध गराएका छन् । तर उनीहरूले भारी हतियार वा लडाकू विमान दिएका छैनन् ।

स्लोभाकियाले पनि युक्रेनको सैन्य उपकरणलाई मर्मत र रिफिटिङ गर्ने विषयमा सहयोग दिन विचार गरिरहेको छ । जर्मनीले दर्जनौं इन्फान्ट्री फाइटिङ भेहिकल युक्रेन पठाउने भएको छ र बेलायतले २० वटा एम्बुलेन्स दिने भएको छ । –एजेन्सी