चितवन एमालेमा पहिरो, ४०० कार्यकर्ता माओवादी प्रवेश गरेपछि झस्किए ओलि

चैत-२३, काठमाडौं ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई ‘अयोध्यापुरी नगरी’ भनेर ‘हिन्दु मतदाता’ रिझारहँदा एमालेकै कार्यकर्ता भने बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जसकारण चितवन एमाले दुःखी भएको छ ।

नेकपा एमाले चितवनका कार्यकर्ता इन्द्र बहादुर लामिछाने भन्छन्, ‘स्थानीय तह चुनावकै मुखमा हाम्रा केही साथीहरू पार्टीको नीति, सिद्धान्त, आचारसंहित उल्लंन गर्दै माओवादी केन्द्रमा प्रवेश गर्नुभयो । यसले हामीलाई दुःखी बनाएको छ । उहाँहरूले हामीलाई धोका दिनुभयो ।’

प्रचण्डको भावनासँग जोडिएको चितवनमा ओलीले ‘हिन्दु मतदाता’ तानिरहँदा चितवन माओवादी खिन्न रहेकाे माओवादी कार्यकर्ता बताउँथे । उक्त खिन्नता बुधबार एमालेनिकट युवा संघका भरतपुर महानगरपालिका उपाध्यक्ष विशाल खड्गीको नेतृत्वमा २०० जना युवाहरू माओवादीमा प्रवेश गरेपछि ताेडिएकाे माओवादी कार्यकर्ताकाे बुझाइ छ ।

आजै सयपत्री आमा समूहका महिलाहरू पनि माओवादी केन्द्रमा प्रवेश गरे । उनीहरू सबैलाई अध्यक्ष प्रचण्डलगायतले स्वागत गरे ।