शाहीद लखन-८,मा नेकपा माओवादी केन्द्रबाट संकल्प श्रेष्ठ वार्ड अध्यक्षमा उम्मेदवार चयन

नेकपा माओवादी केन्द्र सहिद लखन गाउपालिका वार्ड नम्बर ८ को आज बसेको बिस्तारित बैठकले युबा नेता संकल्प श्रेष्ठलाई आगामी स्थानीय निर्बाचनको लागि वार्ड अध्यक्षमा सिफारिस गरेको छ।

लामो समयदेखि समाजसेवा र पार्टीम सकृय श्रेष्ठलाई पार्टीले टिकट दिएपछि वार्ड बासिमा नयाँ हौसला आएको छ।संकल्प श्रेष्ठ जस्तै युबा आजको नेता बन्नुपर्ने माग वार्ड बासिको रहेकाले उहाँलाई नै उम्मेदवार बनाइएको त्यहाका पार्टी नेताले बनाए।

यसका साथै उक्त वार्डमा माओवादीको जित समेत सुनिस्चित रहेको अन्य दलले समेत चर्चा गर्न थालेका छ्न।नेता श्रेष्ठ अत्यन्तै मिलनसार र सहयोगी भाबनाको हुनुहुन्छ।उहाको भिजनले उक्त वार्डलाई नया आयाम प्रदान गर्ने सबै जनताको बुझाइ छ।

बुडिगन्डकी कोरिडोर र मैलुङको बाटो पिच आफ्नो मुख्य लक्ष्य रहेकोे उहाले बताउनुभयो।