पालुङ्गटारको मेयरमा माओवादीबाट ‘अजय’ को चर्चा

२३ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गोरखाको पालुङ्गटार नगरपालिकामा मेयरको चर्चा सुरु भएको छ । दलिय गठबन्धन बन्ने भएपछि पालुङ्गटार नगरपालिका कसको भागमा पर्छ भन्ने टुङ्गो नलागे पनि आकांक्षीहरुले भने आफ्नो दावी प्रस्तुत गर्न थालेका छन्।

गठबन्धन भयो भने पालुङ्गटार नगरपालिका मेयरमा माओवादी केन्द्रले पाउने चर्चासंगै आकांक्षीहरुले दावी प्रस्तुत गर्न थालेका हुन् ।गठबन्धन बने जित निश्चित हुने भएसंगै पालुङ्गटारमा माओवादी केन्द्रबाट मेयरमा उम्मेदवार दाबी गर्नेको लामै सूची बनेको स्थानीय नेता/कार्यकर्ताविच चर्चा छ ।

माओवादीको तर्फबाट पालुङ्गटार नगरपालिका मेयरको उम्मेदवार विवस चिन्तन अजय छन् । उनीले मेयरको उमेद्वारको रुपमा आफुलाई आघि सारेका छन्। उनीले पार्टीको बिभिन्न फोरममा आफु पालुङ्गटारको मेयरमा लड्ने कुरा बताउदै आएका छन्।

विवस चिन्तन ‘अजय’ नेकपा माओवादी केन्द्र पालुङ्गटारका नवनिर्वाचित अध्यक्ष हुन् । २०७४ सालको निर्वाचनमा उनी मेयरमा चुनाव लडेका थिए । उनले ४ हजार ४ सय ९१ मत प्राप्त गरेका थिए । जनयुद्धमा सहभागी भएका अजय लामो समयदेखि निरन्तर राजनीतिमा सक्रिय रहदै आएका छन्।

अघिल्लो स्थानिय निर्वाचनमा पाराजित उनी यसपटक पनि मेयरमा चुनाव लड्ने तयारीमा छन्। तत्कालिन नयाँ शक्तिका कारण आफुले झिनो मतले निर्वाचनमा पराजित हुनुपरेको बताउदै उनले यसपटक आफुले जित्ने दावी गरेका छन् । निर्वाचनमा पराजित भए पनि अजय निरन्तर पालुङ्गटारवासीको सेवामा सक्रिय रहदै आएका छन्। सहयोगी भावना भएका उनी जनताको काम भनेपछि हुरुक्क हुन्छन्।