सलमानलाई पूर्व प्रेमिकाको धम्की : एक दिन तिम्रो पनि…

काठमाडौं–

बलिउडका सुपरस्टार सलमान खानलाई उनकी पूर्व प्रेमिका सोमी अलिले ध’म्की दिएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत सलमानलाई अप्रत्यक्ष रुपमा केही आरोपहरु लगाउँदै कुनै दिन उनको पनि पर्दाफास हुने धम्की दिएकी हुन्।

सोमीले सामाजिक सञ्जालमार्फत सलमानलाई अप्रत्यक्ष रुपमा संकेत गर्दै उनी ‘बलिउडको हार्वे वेनस्टेन’ भएको बताएकी छिन्। हार्वे वेनस्टेन हलिउडका एक चर्चित प्रोड्युसर हुन्। महिला हिं’साका विभिन्न मुद्दा लागेका उनीमाथि थुप्रै महिला अभिनेत्री तथा कलाकारलाई ब’ला’त्कार ग’र्नेदेखि कु’टपि’ट तथा ध’म्की दिने आरोप लगाइएको थियो। सोमीले पनि सलमानलाई संकेत गर्दै उनी हार्वे वेनस्टेनजस्तै भएको बताएकी छिन्।

सोमीले आफ्नो पोस्टको क्याप्सनमा लेखेकी छिन्, ‘बलिउडका हार्वे वेनस्टेन, एक दिन तिम्रो पनि पर्दाफाश हुनेछ। जति महिलालाई तिमीले हिं’सा ग’रेका छौं, उनीहरु एक दिन अगाडि आएर सबै सत्य बताउँने छन्, जस्तो ऐश्वर्या राय बच्चनले गरेकी थिइन्।’

सोमीले १९९१ देखि १९९७ सम्म बलिउड फिल्म क्षेत्रमा काम गरेकी थिइन्। उनले यो अवधीमा आधा दर्जनभन्दा बढि फिल्म र केही विज्ञापनहरुमा काम गरेकी थिइन्। सलमान र सोमीको सम्बन्ध ८ वर्षसम्म चलेको थियो। उनीहरु दुवैले काम गरेको फिल्म ‘बुलन्द’को ८० प्रतिशत छायांकन भएपनि हालसम्म प्रदर्शनमा आउन सकेको छैन।