अब मन्त्रिमण्डल हेरफेर भए हाम्रो हैसियत अनुसारको भाग चाहिन्छ – प्रचण्ड

जनकपुरधाम – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको हैसियत अनुसार मन्त्रिमण्डलमा भाग मागेका छन् ।

प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले विमान स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्रिमण्डल हेरफेरको सम्भावना रहेको भन्दै प्रधानमन्त्री देउवासँग पार्टीको हैसियत अनुसार भाग मागेको बताएका छन् । अध्यक्ष दाहालले यस विषयमा प्रधानमन्दी देउवा सहमत समेत रहेको बताए ।

‘मन्त्रीपरिषद्मा हेरफेरको कुरा चलेको छ । तर अहिलेसम्म औपचारीक रुपमा टुङ्गिएको छैन् । केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना पनि छ’, उनले अगाडी भने, ‘मैले प्रधानमन्त्री जिसँग भनिरहेको छु । गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको छ । हामीले पाउनुपर्ने जति मन्त्रालय पाएको छैन् । प्रधानमन्त्री जिले उहाँको पार्टीको अधिवेशनसम्म सहयोग गर्न भनेका थिए । माधव जीले पनि मेरो पार्टी नयाँ छ, धेरै दुःख छ सहयोग गर्नु भनेका थिए । अब सहयोग गर्ने सबैकाम माओवादी केन्द्रकै रहेको छ ।’

अध्यक्ष प्रचण्डले अब मन्त्रीमण्डल हेरफेर भएमा आफ्नो हैसियत अनुसारको भाग पाउनुपर्ने बताएका हुन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न माओवादी केन्द्र तयार भएपनि कुन दलसँग गर्ने टुङ्गो नलागेको समेत उनले बताए । अध्यक्ष प्रचण्डले काँग्रेस लचिलो भएर आए गठबन्धन हुने बताए ।