केही मन्त्रालय हेरफेर हुने सम्भावना छ : प्रचण्ड

जनकपुरधाम ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले मन्त्री हेरफेरको सम्भावना रहेको बताएका छन् ।

औपचारिक रुपमा टुंगिएको नलागेपछि मन्त्रिपरिषदमा हेरफेरको विषयमा कुरा भइरहेको अध्यक्ष प्रचण्डले बताएका छन् ।

आज मंगलबार चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रचण्डले ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना रहेको बताएका हुन् ।

यदि मन्त्रि हेरफेर भयो भने हामीले आफ्नो हैसियत अनुसारको मन्त्रालय चाहिने भनेर प्रधानमन्त्री समक्ष कुरा राखिसकेको पनि बताएका छन् ।

जसमा प्रधानमन्त्रीले सहमति जनाउनु भइसकेको खुलासा समेत उनले गरेका छन् ।