खुट्टा ढोग्दै माफी माग्दै, फेरी बिद्यार्थीलाई ……… जसको कारण घट्यो यस्तो अप्रिय घटना

काठमाडौं।

स्थानीय प्रशासनले मोरङको लेटाङमा सोमबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो। छात्रालाई यौ’न दु’र्व्यव’हार गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने मागसहित स्थानीयवासी प्रदर्शनमा उत्रिँदा आइतबार स्थिति तनावग्रस्त बनेको थियो। त्यही भीडमा छु’रा प्र’हा’रबाट प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो। दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताउँदा–बताउँदै भीड एक्कासि प्रहरीमाथि जा’इ’ला’गेको बताउँछन् मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल।

मोरङको लेटाङ नगरपालिका–५ मा पर्छ शिक्षा विकास माध्यमिक विद्यालय। उक्त विद्यालयका शिक्षक हुन् ५६ वर्षीय मनोज पौडेल। होलीका दिन कक्षा ६ मा अध्ययनरत १२ वर्षीया छात्रामाथि यौ’न दु’व्र्य’वहा’र गरेको आरोप उनलाई लागेको छ। शिक्षक पौडेलले यसपटक मात्रै नभई पटक–पटक छात्रामाथि यौ’न दु’र्व्य’वहार गरेको स्थानीयवासी बताउँछन्।

यस्तो घटना विद्यालय र गाउँमै मिलाउनुपर्ने पक्षमा प्रधानाध्यापक, केही शिक्षक र स्थानीय जनप्रतिनिधि रहेपछि आइतबार घटनाले उग्ररूप लिएको स्थानीय मनिष सूर्य मगर बताउँछन्। ‘समयमा शिक्षकलाई कारबाहीका लागि प्रहरीलाई बुझाएको भए यो घटना हुने थिएन’, उनले भने, ‘विद्यालयमा नै मिलाउन खोज्दा स्थानीय नागरिक र विद्यार्थी आ’क्रो’शित बनेका हुन्।’

घटना यसरि भएको थियो :-

फागुपूर्णिमाका दिन छात्राको घरमा पुगेका शिक्षक पौडेलले यौ’न दु’व्र्य’व’हार गरेको पीडितको भनाइ छ। पीडितले उक्त कुरा अभिभावकलाई सुनाएकी थिइन्। उनले आइतबार बिहान विद्यालयका साथीहरूलाई घटनाको विवरण सुनाइन्। विगतमा पनि शिक्षक पौडेलले छात्राहरूलाई यौ’न दु’र्व्यव’हार गरेका कारण साथीहरूले उजुरी दिन सल्लाह दिए। पीडितले आइतबार साढे १० बजे प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रलाई पौडेलविरुद्ध कारबाहीको माग गर्दै निवेदन दिइन्।

छात्राको निवेदनपश्चात् अन्य शिक्षकले पौडेलसँग सोधपुछ गरे। आरोपित पौडेलले प्रमाण के छ ? भन्दै ‘थ’र्का’उन था’ले’पछि शिक्षकहरू कक्षामा पढाउन गएनन्। त्यसपश्चात् यौ’न दु’व्र्य’वहारको घटना विद्यालयका सबै विद्यार्थी, अभिभावक, स्थानीय आमा समूह हुँदै गाउँभरि फैलियो। बिहान सुरु भएको विषयले दिउँसोसम्म उ’ग्र रू’प लि’ए’को थियो। प्रधानाध्यापक मिश्रले दिउँसो लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौला र विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका लेटाङ–५ का वडाध्यक्ष भूमसूर्य मगर, विद्यालयका अन्य शिक्षक र आरोपितलाई राखेर छलफल सुरु गरे। छलफलमा उपस्थितहरू दुई पक्षमा विभाजन भए।

उनका अनुसार शिक्षक र अभिभावकमाथि पनि कु’टपि’ट भएको छ । आइतबार साढे १२ बजे छलफलका लागि पुगेकी उपमेयर निरौलाले मिलापत्रको प्रयास नगरेको बताइन् । आफू पुग्दा विद्यालयको माहोल खराब भएका कारण प्रहरीले सुरक्षा दिएर राखेको उनले बताइन् । ‘दु व्य र्व हा र को उ’जुरी गरेपछि विद्यार्थी, साना कक्षाका विद्यार्थीलाई टि’फि’न लिएर आएका आमा हुँदै गाउँमा ह’ल्ला फैलियो,’ उनले भने, ‘आ’न्दो’ल’न बढ्दै गएपछि बाहिरबाट पनि मान्छे बो’ला’इए, त्यसपछि घटना नियन्त्रण बाहिर गयो ।’ आइतबार दिउँसोसम्म सामान्य रहेको घटनाले भने बेलुकाबाट राजनीतिक रूप लिएको थियो ।

शिक्षकलाई पुनः जोगाउन

खोजिएको भन्दै आ क्रो शि त भिडले तो’ड’फो’ड र आ’ग’जनी गर्‍यो । घरेलु  ति’या’र बोकेको समूहले आइतबार राति साढे ७ बजे महिला प्रहरी उर्मिला श्रेष्ठको ह’त्या ग’र्‍यो । ‘२०७४ सालको घटनामा कानुनी उपचार खोजेको भए लेटाङमा ग’म्भीर घटना हुने थिएन । प्रहरी स्रोतले भन्यो, ‘दुईपटक यौ न दु र्व्य वहा र को घटना मिलाएको रहेछ, हिजो मिलापत्र भएका कारण फेरि शिक्षकले दु’र्व्य’व’हार गर्ने आँट गरे ।’ गत शुक्रबार विद्यार्थीको घरमा पुगेका शिक्षक मनोज पौडेलले घरमा एक्लै देखेपछि छात्रालाई यौ न दु र्व्य व हा र गरेका थिए ।

सोही स्कुलका पूर्वशिक्षक समेत रहेका स्थानीयबासी डिल्ली ओझा प्रहरीको सङ्ख्या थोरै भएका कारण घटना भएको बताए । स्थानीयबासी समेत रहेका प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे प्रहरी पुग्नेबित्तिकै शिक्षकलाई पक्राउ गरेको भए यस्तो घटना नहुने बताउँछन् ।