अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्दै, ओलीले पार्टी प्रबेश गराउने

काठमाडौं- नायिका करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । आज करिश्मालाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने बताइएको छ । त्यस्तै मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित हुने कार्यक्रम रहेको छ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको एमाले नेता विष्णु रिजालले बताए । अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् ।