सबैलाई धुलो चटाउन आउँदैछ बहुप्रतिक्षित चलचित्र केजीएफ च्याप्टर २ , पहिलो गीत नै यस्तो दमदार

यस वर्षको सबैभन्दा प्रतिक्षित चलचित्रहरू मध्ये एक हो केजीएफ च्याप्टर २ अप्रिल १४, २०२२ मा स्क्रिनमा आउने तयारीमा छ। सुपरस्टार यश उर्फ रकी मेगा क्यानभास एक्शन(इन्टरटेनरको साथ कमब्याक गरेका छन्। पहिलो फिल्मको कीर्तिमानी सफलतासँगै होम्बाले फिल्म्सका निर्माताले अब फिल्मको ‘तुफान’ बोलको पहिलो गीत सार्वजनिक गरेका छन् ।

यो गीतबाट स्पष्ट हुन्छ कि रकी द लोन रेन्जरले केजीएफको दोस्रो पार्टमा पनि आफ्नो प्रभुत्व जमाउनेछन् किनभने यसमा उनी आफ्ना पुराना र नयाँ शत्रुलाई एकसाथ धूलो चटाउने तयारीमा देखिएका छन् । तुफानको उत्साहजनक म्युजिक भिडियोले केजीएफ च्याप्टर २ रिलिज हुनुभन्दा एक महिना अघिदेखि काउन्टडाउन सुरु भईसकेको छ ।

चलचित्रको निर्माता होम्बाले फिल्म्सले केजीएफ फ्रेन्चाइजको दोस्रो किस्ताको गीतले स्वर तय गर्ने बताएको छ । ट्र्याकको जोशपूर्ण बीट र रमाइलो लय रकीको कथासँग पूर्णतया मेल खान्छ, पौराणिक योद्धा जो एक साँचो विजेताको रूपमा उभिन सबै बाधाहरू विरुद्ध लड्छन् । यो गीतमा रकी भाइको पनि झलक देखिएको छ । केजीएफका जनतालाई साहस दिएपछि रकीले त्यहाँ शासन गर्न थालेका छन् । उनीसँग मानिसहरु पनि जोडिएका छन् ।

गीतको शुरुवातमा एक व्यक्तिले रकीको तरवार हानिएपछि मानिस भित्रको डर कसरी समाप्त भयो भनेर बताइरहेका छन् । साथै, व्यक्तिले प्रश्नकर्तालाई रकीको बाटोमा नआउन सल्लाह दिन्छ। यस फिल्मको प्रभावशाली कथानक, आकर्षक विशेष प्रभावहरू, विश्व स्तरलाई छोएको शीर्ष क्लास एक्शन सिक्वेन्सका लागि प्रसिद्ध छ । बहुप्रतिक्षित सिक्वेल केजीएफ च्याप्टर २ ले विरासतलाई अगाडि बढाउने बिश्वास सिर्जना गरेको छ । यसमा सञ्जय दत्त, श्रीनिधि शेट्टी, रविना टन्डन र प्रकाश राज लगायतका चर्चित कलाकारलाई एकसाथ देख्न पाईने छ ।