सार्वजनिक यातायातको भाडा बढ्दै, विभागले गरेको प्रस्तावमा यस्तो छ नयाँ भाडा

काठमाडौ । बढ्दै गएको इन्धनको मुल्यले आफुहरुलाई समस्या परेको भन्दै यातायात ब्यवसायीले सवारी भाडा बढाउने प्रस्ताव गरेपछि सरकारले फेरि सार्वजनिक सवारीको भाडादर बढाउने तयारी गरेको छ । इन्धनको मुल्य प्रतिदिन बढ्दै गएको छ । तर भाडा समायोजन नभएको भन्दै ब्यवसायीहरुले आफु खुसी भाडा बढाउने चेतावनी दिएका थिए ।

ब्यवसायीहरुको यस्तो चेतावनी पछि लामो दूरीमा चल्ने सवारीको भाडा बढाउनुपर्ने सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । विभाग स्रोतका अनुसार यो प्रतिवेदन एक–दुई दिनमै विभागबाट मन्त्रालयमा पेश हुने र भाडा बढाउने निर्णय हुनेछ । यो निर्णय भएपछि फेरी यातायात भाडा बढ्ने छ ।

केन्द्रको निर्णय अनुसार प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउनेछन् । हालकै अवस्थामा सार्वजनिक सवारीमा करिब ११ देखि साढे ११ प्रतिशतसम्म भाडा बढ्न सक्ने देखिएको छ ।

२७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाएयता डिजल–पेट्रोलको मूल्य प्रतिलिटिर ३४ रुपैयाँले बढिसकेको छ । त्यतीबेला लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाइएको थियो ।