पार्टीभित्रै एउटा क्रान्ति जरुरी छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र फेरि क्रान्ति गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन्। गण्डकी प्रदेश पार्टी प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले क्रान्ति एउटा निश्चित विन्दुमा पुगेपछि पार्टीभित्र नै क्रान्तिको आवश्यकता पर्ने बताएका हुन्। पार्टीमा विचलन आएकोले यहाँ पुनः क्रान्ति गर्न जरुरी रहेको उनले बताए।

‘क्रान्तिको एउटा निश्चित स्थानमा पुगेपछि पार्टीभित्र नै क्रान्ति गर्नुपर्ने रहेछ। चिनियाँ कम्युनिष्ट आन्दोलनमा पनि कमरेड माओले पार्टीभित्र एउटा ठूलो फड्कोको रूपमा महान सर्वहारा सांस्कृतिक क्रान्तिको दिशामा जानुभयो,’ उनले भनेका छन्, ‘हामीमा पनि थाहै नपाई विचलित भएको जस्तो, यसबाट कसरी उम्कने हो भन्ने मेसो नपाएको जस्तो देखिएको छ। पार्टीभित्रै एउटा क्रान्ति जरुरी छ।’

अध्यक्ष प्रचण्डले जनयुद्ध पूर्व पनि माओवादी अन्तर्द्वन्द्व र गुटवाद जस्ता समस्याबाट ग्रसित भएको स्मरण गरे। पार्टी जनयुद्धको बाटोमा अघि बढेपछि उक्त समस्याहरू समाधान हुँदै गएको उनले बताए। अहिले पनि पार्टी त्यस्तै समस्याबाट ग्रहसित रहेको उनको भनाई छ।

‘जनयुद्ध पूर्व पनि पार्टीमा यस्तै खाले समस्या देखिएको थियो। जब २०५२ बाट जनयुद्धको बाटोमा अघि बढाइयो। त्यसपछि त्याग, तपस्या र बलिदानको बाटो शुरु भयो,’ प्रचण्डले अगाडि भनेका छन्, ‘हामीसँग न हतियार थियो, न फौज थियो। न त अरू कुनै शक्तिको सहयोग थियो। हामी जनताको बलमा, सही विचारको आलोकमा यहाँ आइपुर्‍यौ।’

माओवादी आन्दोलन शान्ति प्रक्रियामा आएपछि पार्टी विभाजनको श्रंखला नै सुरु भएको भन्दै उनले दुख व्यक्त गरे। नेपाली इतिहासमा सबैभन्दा ठूलो परिवर्तन ल्याउने जनयुद्ध गरेको पार्टीमा यसरी विभाजन आउँदा आन्दोलनको उद्देश्य पुरा गर्न केही कठिन भएको उनको भनाई छ। तर, माओवादी जनयुद्धमा होमिएका शक्तिहरू पुनः एकीकृत हुँदै गएकोमा उनले खुसी व्यक्त गरे।

‘हामी शान्ति प्रक्रिया पछि कटवाल काण्ड हुँदै पार्टी विभाजनको शृंखला शुरु भयो । एउटा, दुई वटा, तीन वटा कति हो कति। अहिले फेरी एकता कति हो कति। १४, १५ समूह लाइनमा छन्,’ प्रचण्डले भने। उनले माओवादी केन्द्रलाई पुनः नयाँ क्रान्तिकारी शक्तिका रूपमा विकसित गर्नुपर्ने बताए। पार्टी नेतृत्व अहिले त्यही प्रक्रिया अघि बढिरहेको उनको भनाई छ।

‘माइतीघर मण्डलामा पलेटी कस्दा कतिले सकियो प्रचण्ड भनेका थिए। तर त्यो एकपछि अर्को थपिँदै जाँदा विशाल आन्दोलन बन्न पुग्यो र प्रतिगमन परास्त भयो। एउटा टेलर गत पुसपछि देखियो,’ प्रचण्डले भने, ‘यो पार्टी क्रान्तिकारी पाटीकै रूपमा रूपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ? बनाउन सम्भव छ भन्ने प्रतिगमन विरुद्धको आन्दोलनले देखायो। फलाम तातेको बेला हान्न पर्छ, यही हो बेला भनेर हामी पार्टी निर्माण तिर लागेका हौं।’

उनले पछिल्लो समय माओवादी आन्दोलनका उपलब्धिहरूलाई खतरामा पार्ने गरी संसद् विघटनको प्रतिगमनकारी कदम चालिएको स्मरण गर्दै प्रचण्डले उक्त प्रतिगमन विरोधी आन्दोलनको नेतृत्व माओवादी केन्द्रले गरेको समेत उल्लेख गरे। माओवादी केन्द्रलाई पुन पहिलो शक्ति बनाउन आत्मसमिक्षा गरेर आफैबाट सुरु गर्नुपर्ने उनको भनाई छ। आफूबाट परिवर्तनको सुरुवात गरे आफ्नै बलमा चुनाव जितिने उनको दाबी छ। आफ्नै शक्ति र तागतमा फेरि निर्वाचनबाट पहिलो शक्तिका रूपमा माओवादी केन्द्रलाई स्थापित गर्न सकिने उनको भनाइ छ।

प्रचण्डले पार्टी महाधिवेशनबाट समाजवादको ट्याक खोल्ने दस्तावेज पेश गरिएको बताए। यसलाई विशेष महाधिवेशनसम्म