हरिहरले निकाले नीतासंग विवाहको साइत, कहिले गर्दैछन् विवाह ?

काठमाडौ । फिल्मी क्षेत्रका कलाकारहरुको प्रेम र विवाहका गसिप बारम्बार चलिरहन्छन् । केही गसिपमा मात्र सिमित हुन्छन् भने केहीले साकार रुप लिन्छ । अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको प्रेमको गसिप चल्न थालेको पनि धेरै वर्ष भएको छ । उनीहरु धेरै प्रोजेक्टमा संगै काम गर्छन । गसिप चलेपछि उनीहरु दुवैले सार्वजनिक रुपमा प्रेम स्वीकार गरेका छैनन् ।

तर सामाजिक सञ्जालमा देखिने उनीहरु दुवैको प्रेमभावले यसलाई नकार्न सकिन्न । अब भने यि दुवैले विवाहको तयारी गरेको पनि बुझिएको छ । त्यसका लागि हरिरह आफैले विवाहको साइत हेरेको पनि चर्चा चलेको छ । यद्धपी उनीहरुले भने यसवारे सार्वजनिक अभिब्यक्ति दिएका छैनन् । उनीहरुका नजिकका आफन्तले समेत दुवैबीच प्रेम रहेको बताउँदै आएका छन् ।

अहिले उनीहरु केही प्रोजेक्टमा एकसाथ काम गरिरहेका छन् । म्युजिक भिडियोदेखि टिभी शो र फिल्ममा पनि उनीहरु सहकार्य गर्दैछन् । हरिहरले एक टिभीमा संचालन गर्ने टिभी कार्यक्रमको निर्देशक नीता हुन् ।

यी वैले केही अगाडि ‘ह्रस्व–दीर्घ’ नामक एक फिल्म समेत घोषणा गरेका थिए । सो फिल्मको अहिले निर्माण तयारी भइरहेको छ । फिल्म निर्माण अगाडि दुबैले विवाह गर्ने समेत चर्चा छ । उनीहरुले नयाँ बर्षको साउनमा विवाह गर्ने बताइएको छ ।

फिल्मको लागि भने उनीहरुले निर्देशक खोजिरहेका छन् । प्रेमकथामा बन्ने फिल्म हिन्दी र नेपाली दुई भाषामा बन्न लागेको हो । फिल्ममा उनीहरु दुबै मुख्य भूमिकामा देखिनेछन् ।