वर्षा शिवाकोटीको हट अवतर, समुद्रमा खिचाएको तस्बिरले सामाजिक सञ्जालमा तरंग

काठमाडौं :

हाल अमेरिकामा रहेकी अभिनेत्री वर्षा शिवाकोटीले त्यहाँ समुद्रमा खिचाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। नेपाली चलचित्र क्षेत्रकी आशा लाग्दो नायिका हुन् वर्षा शिवाकोटी । ‘नाई नभन्नु ल २’बाट फिल्म क्षेत्रमा डेब्वु गरेकी वर्षाले लगतै दोस्रो फिल्म ‘पशुपति प्रसाद’ मा अभिनय गरेकी थिइन् । ‘पशुपति प्रसाद’ उनको सफल फिल्म हो ।

विराटनगरमा जन्मिएकी वर्षाले बि.बि.ए सम्म अध्ययन गरेकी छिन् । पछिल्लो समयमा उनले अभिनय गरेको फिल्म ‘बीर बिक्रम २’ खासै दर्शकको मन जित्न सकेन । उनका फिल्मले सफलता नपाएपनि उनी भने सधै चर्चामा हुने गर्छिन् ।

शालिन छविकी नायिका वर्षा अमेरिकास्थित फ्लोरिडाको समुद्री तटमा हरियो विकिनीका साथ देखिएपछि सामाजिक सञ्जालमा लाइक सँगसँगै कमेन्टको ओइरो लागेको हो।

उनले शनिबार आफ्नो फेसबुक पेजमा समुद्री तटमा ‘टु पिस’ लगाएर पोज दिएका तस्बिर सेयर गरेकी हुन्। पहिलोपटक यस्तो अवतारमा देखिएकी वर्षाविरुद्ध उनका फ्यानले आलोचनाको वर्षा गराएका हुन्। किनै भद्दा प्रतिक्रिया पनि आइरहेका छन्।