प्रकाश सपुतले गीत सच्याएपछि अखिल अध्यक्षद्वारा धन्यवाद

काठमाडौँ। गायक प्रकाश सपुतले ‘पीर’ गीत सच्याएपछि अखिल (क्रान्तिकारी) ले धन्यवाद दिएको छ।

संगठनकी अध्यक्ष पञ्चा सिंहले शनिबार सार्वजनिक सञ्जाल फेशबुकमार्फत गायक सपुतलाई धन्यवाद दिएकी छन्। उनले लेखेकी छन्,‘ प्रकाश सपूत जि ले भिडियोको विवादास्पद दृष्य हटाउनु भएछ। यो निर्णयको लागि धन्यवाद भन्न चाहन्छु। यो विवादास्पद दृष्य हटाउन आग्रह गर्दा सामाजिक सञ्जालमा आएका टिप्पणीहरु केही स्वघोषित बौद्धिक भन्नेहरुका विश्लेषणहरु र यो गीतलाई लिएर गर्न खोजिएको राजनीतिकरणको हतारो देखेर मित्रहरूप्रति भने दया लागेको छ।’

यातनाका हरेक दस्तावेजमा हस्ताक्षर गर्न तयार बनियो। तर गलतलाई सहि भन्न माओवादी स्कुलले कहिले सिकाएन। दृष्य गलत भएकै कारण निरन्तर विरोध थियो। मान्छेबाट गल्ती हुन्छन्। तर, गल्तीको वस्तुनिष्ठ समीक्षासहित गल्ती सच्याउन सक्ने महानता कमै मान्छेमा हुन्छ। त्यो महानता कायम गर्न सफल बन्नु भयो प्रकाश सपूतजि तपाईंले फेरि मन जित्नु भयो तपाईंलाई हार्दिक धन्यवाद छ। तपाईंको अपार सफलताको शुभकामना।’