१ करोड भ्यूज गएपछि युट्युबबाट हटाए प्रकाशले पिरको भिडियो फेरी अपलोड गरे

काठमाडौँ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको सवा १६ मिनेट लामो गीत पीरको भिडियो हटाएर पुन अपलोड गरिएको छ ।

माओवादी निकट व्यक्तिहरुले दबाब दिँदै तत्काल हटाउन चे ता वनी दिएपछि दबाबमा परेका गायक सपुतले गीत अपलोड गरेको १ हप्तापछि १ करोड भ्यूज आएसँगै उक्त ओरिजिनल गीत हटाएर पुन अपलोड गरेका छन् ।

पुन अपलोड गरिएको पीरको भिडियोमा विबादित सिन दे ह,व्या,पारको दृश्य भने का,टि एको छ । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भए लगत्तै माओबादीलाई पर्नु पिर पर्यो ।

पार्टी फुटेर सानो आकारमा परिणत हुँदै गएका बेला माओवादी सशस्त्र द्धन्द्धपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ।

यहि बिषयलाई गीतको माध्यमबाट प्रस्तुत गरेपछि माओबादीले भने गीत हटाउन चेतावनी दिएको थियो । शनिबार हटाएर देहव्यापारको विबादित सिन हटाएर पुन अपलोड गरिएको भिडियो १ घण्टामा नै करिब १ लाख बढीले हेरिसकेका छन् ।

यो समाचार तयार वपार्दासम्म भिडियो १ लाख बढी दर्शकले हेरिसकेका छन् । हेर्नुहोस् भिडियो