‘पैसा कहाँ हराइरहेको छ ? सिरानमुनी वा ओछ्यानमुनी ? म खोज्दैछु’, अर्थमन्त्री जनादर्न शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण बजारमा तरलता अभाव सृजना भएको बताएका छन् । शुक्रबार नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्नेक्रममा मन्त्री शर्माले व्यक्तिले संस्थाले घरमै पैसा राख्ने गर्नाले तरलताको समस्या आएको जिकिर गरे । त्यस्तो पैसा आफूले खोज्न थालेको समेत उनले बताए ।‘पुँजी कतै हराइरहेको छ । आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनी र ओछ्यानमुनी त बन्द रहेको छैन ? यसको खोजीमा म लागेको छु’ उनले भने, ‘हाम्रो पुँजी निस्क्रिय भएर कतै बसिरहेको त छैन ? यता तिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’