‘म केजरीवाल बन्दिन, म राजेन्द्र लिङदेन नै बन्छु, तर केजरीवालभन्दा राम्रो गरेर जनताको मन जित्छु’

क्रान्ति र परिवर्तनका नाममा नक्कली कुरा गरेर सधैं नेपाली जततालाई गरिवी र अशान्तिमा राख्ने काम कांग्रेस र कम्युनिष्टहरुले गर्दै आएको बताउँदै उनले नेपाली जनताको आत्मसम्मान र संवृद्धिको हकलाई उनीहरुले सस्ता कुरा गरेर हनन गर्ने काम गर्दै आएको बताए । लिङदेनले कांग्रेस र कम्युनिष्टले  अब जतिसुकै क्रान्तिकारी कुरा गरेर पनि नेपाली जनताले नपत्याउने बताए ।

राप्रपाको पक्षमा जनताको आकर्षिण देखेर कांग्रेस र एमालेमा भय बढ्दै गएको भन्दै आफूहरुले उठाएका राजनीति, आर्थिक मुद्दा, भ्रष्टाचार अन्त्य कुराका लागि सडक संघर्षसँगै निर्वाचनमार्फत पनि अघि बढाउने बताए । लिङदेनले अबको चुनावी प्रतिस्पर्धा राप्रपा र गैरराप्रपाबीच हुने संभावना देखिएको बताए ।

नेता लिङदेनले विकास के हो ? भन्ने कुरामा पनि तीन दशकदेखि कांग्रेस कम्युनिष्टले जनतालाई ढाँटछल गर्ने र नक्कली कुरा गर्ने काम गर्दै आएको बताउँदै भने, ‘विश्व सुचना प्रविधिमा भएको विकासले ल्याएको परिवर्तन अहिले राणा शासन नै कायम भएको भए पनि रोकिन्थेन, यसमा कांग्रेस, एमालेले हामीले गर्यौं भनेर गर्फ गर्नु बेकार हो । डोजर भएको आफ्नो कार्यकर्ताले पहाड खोस्रिदैमा सडक बन्यो, विकास भयो भन्ने होइन् । जबसम्म जनताले अनुभूत गर्नेगरी उनीहरुको जीवनस्तरमा परिवर्तन हुन्न, तबसम्म विकास भन्न मिल्दैन् ।’

विकास भनेको गगनचुम्बी भवनहरु बन्नु मात्रै विकास होइन् भन्दै उनले जनताले गर्व गर्दै आएको इतिहास, संस्कृति, विविधिता, एकताको संरक्षण पनि विकासको हो भने । लिङदेनको पार्टीले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र कायम हुनुपर्ने एजेण्डा बोल्दै आएको छ । उनले यो एजेण्डा आफ्नो कन्भिक्शनको आधारमा देश र जनताको लागि आवश्यकता छ भनेर नै बोकेको बताउँदै यसबाट बिचलिन नहुने बताए ।