प्रचण्डको गृहजिल्लामा रेखा थापा राप्रपाको चुनावी कमाण्डर, लिङ्देनकै गृहजिल्लामा पाण्डे

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले स्थानीय तहको निर्वाचन तयारीका लागि देशभर केन्द्रीय प्रतिनिधि खटाएको छ। जसमा राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनको चुनावी कमाण्डर अभिनेत्री रेखा थापालाई खटाउने भएको छ । केन्द्रीय सदस्यसमेत रहेकी थापाले चितवनको कमाण्ड सम्हाल्दै चुनावी प्रचारमा होमिने छिन्। त्यस्तैमाधव नेपालको गृहजिल्ला रौतहटमा रामप्रताप साह ९भोला०लाई खटाइएको छ। त्यसैगरी एमाले अध्यक्ष केपी ओली एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै गृहजिल्ला झापाको जिम्मेवारी उपाध्यक्ष विक्रम पाण्डेलाई खटाइने भएको छ ।प्रवक्ता ज्ञानेन्द्र शाही कालिकोटमा खटिनेछन्।