‘कविता’ – प्रतिक्षा मरहट्टा

‘कविता’

रचनाकार :- ✍️ प्रतिक्षा मरहट्टा

दन्त लहर सेता देखाई हाँसेका छन् हिमाल

वन जङ्गलमा नाच्दै हिड्छन् डाँफे अनि मुनाल

छ हजार छन् नदीनाला झरना गुफा त्यस्तै

मन्दिर दरबार कलाकारले बनाएछन् उस्तै

धर्मकर्म संस्कृतिकाे फुलबारी हाे हाम्राे

विवाहमा सजिएकी बेहुली जस्तै राम्राे

भ्रष्टाचार र अशान्तिलाई देशबाट फालाैँ

मिलीजुली हामी सबै विकास तर्फ लागाैँ

पर्यटनकाे विकास गरी हामी धनी बनाैँ

विदेशतिर हाेईन अब नेपालैमा बसाैँ