ओलीलाई प्रधानमन्त्रीमा अफर गरेको प्रचण्डको खुलासा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको खुलासा भएको छ । एमसीसी पारित गर्नका लागि नसघाउन आग्रह गर्दै ओलीसँग सहकार्यको रुपमा प्रस्ताव गर्दा उनले नमानेको प्रचण्डले खुलासा गरेका हुन् ।बुधबार पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले एमसीसीको विपक्षमा आफूहरु भएको र पारित नगर्नका लागि लबिङ गर्दा ओलीलाई प्रधानमन्त्री मानेर भएपनि आफूहरु अघि बढ्न तयार भएपनि ओलीले नमानेको प्रचण्डको जिकिर छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पारित गर्नका लागि ओलीसँग छलफल थालेको र गठबन्धनसमेत तोड्ने बेला आएपछि आफूपनि नेताहरु नारायणकाजी श्रेष्ठलगायतलाई लिएर ओली भेट्न गएको प्रचण्डको भनाइ छ ।छलफलकै क्रममा नेता देव गुरुङले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय पारित गर्न नहुने भन्दा फेरि ओलीले एमसीसी एक शब्द पनि दायाँबायाँ हुन नसक्ने भनेपछि उनको लाइन बुझिएर अहिलेको गठबन्धनलाई नै अघि बढाउने गरी लागिपरेको प्रचण्डको स्पष्टोक्ति थियो ।