करिना कपुरका फ्यानहरुलाई खुशीको खबर , अब करिना ओटीटी मा देखिदै

बलिउड अभिनेत्री करिना कपुर खानको बारेमा खुसीको खबर आएको छ । करिनाको अर्को फिल्मको प्रतिक्षामा रहेका फ्यानहरूले आगामी दिनमा अभिनेत्रीलाई रमाइलो प्रोजेक्टमा देख्नेछन् । करीना कपुरले ओटीटी डेब्यु गर्न लागेकी छिन् । उनी सुजोय घोषको फिल्ममा देखिने छिन् करीना कपूरको यो ओटीटी प्रोजेक्टको घोषणा गरिएको छ।

अभिनेत्रीको यो फिल्म द डिभोसन अफ सस्पेक्ट एक्सको पुस्तकमा आधारित हुनेछ । नेटफ्लिक्सको यो मूल फिल्ममा करिना कपूरसँग जयदीप अहलावत, विजय वर्मा देखिने छन्। करिनाले इन्स्टामा यो प्रोजेक्टको घोषणा गरेकी हुन् । करीना कपुर खानले एक भिडियो सेयर गरेकी छिन् जसमा फिल्मका सम्पूर्ण क्रु सँगै बसेर स्क्रिप्ट पढिरहेकि छिन् ।

करीनाले फिल्मका निर्देशक र कलाकारसँगको तस्विर पनि सेयर गरेकी छिन् ।करिनाको यो फिल्मलाई फ्यानले पर्खन सकेका छैनन् । सुजोय घोषसँग करीनाको सहकार्य पक्कै पनि रमाइलो हुनेछ। फिल्मको नाम भने घोषणा हुन बाँकी छ । सन् २००५ मा द डिभोसन अफ सस्पेक्ट एक्स नामक पुस्तक सुरु भएको थियो। यस पुस्तकले धेरै पुरस्कार जितेको छ ।

करीना कपूर खानको वर्कफ्रन्टको बारेमा कुरा गर्दा, उनका धेरै प्रोजेक्ट पाइपलाइनमा छन्। करीना कपूरको फिल्म लाल सिंह चड्ढा पहिले रिलिज हुँदैछ । यो आमिर खानको फिल्म हो । करिना फिल्मकी मुख्य अभिनेत्री हुन् । यो चलचित्र ११ अगस्ट २०२२ मा रिलिज हुनेछ। यसका अलावा करीना कपुर खान निर्देशक हंसल मेहताको फिल्ममा काम गर्नेछिन् । यो फिल्मबाट करिनाले निर्माताको रुपमा डेब्यु गर्दैछिन् ।